Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

डाँका र प्रहरी बिच गाेली हानाहान, दुई जना पक्राउ

spot_img
spot_img
कलैया । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं.२३ भलुहीमा शनिबार राति डाँकाहरु र प्रहरी गाेली हानाहान भएकाे छ । भलुहीस्थित एरोटेक प्रा.लि.मा  डकैती गर्न पुगेका डाँकाहरु र प्रहरी बिच गाेली हानाहान भएकाे हाे ।
 
शनिबार राती १२ बजेको समयमा एरोटेक प्रा.लि.मा १०/१२ जना डाँकाहरु हात-हतियार सहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेकाे थियाे ।
 
प्रहरीका अनुसार घटना स्थल पुग्दा १०/१२ जनाको समुहमा हतियारधारी डाँकाहरुले सो प्रा.लि.को स्टोर कोठामा राखिएको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाईल समेत डाँका गरी भाग्दै थिए ।
 
भाग्दै गरेकाे अवस्थामा प्रहरी टोलीले देखी निजहरुलाई नियन्त्रण लिन खोज्दा डाँकाहरुले बोकि राखेको बन्दुकबाट प्रहरी टोलीलाई लक्षित गरी १ राउण्ड गोली फायर गर्दा प्रहरी टोलीले आफ्नो प्रतिरक्षा स्वरुप आफ्नो साथमा रहेको ३०३ नट राईफलबाट ३ राउण्ड गोली फायर गरी डाँकाहरु मध्येका दुई जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ को जयराम पासवान र साेही उपमहानगरपालिकाकाे वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महताेलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले वताए ।
 
उनीहरुकाे साथबाट १ राउण्ड गोली लोड गरी सोको राउण्ड २ सहित कटुवा बन्दुक-१ र भरूवा बन्दुक १ थान बरामद समेत भएकाे प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
 
घटनास्थलमा डाँकाहरूलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरी सँगै बोकी ल्याएको फलामे रड प्रहार गर्दा प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको टाउँकोमा चोट समेत लागेकाे उनले जानकारी गराए । घाइते शाहीकाे उपचारकाे लागि वीरगंज हेल्थ केयरमा भर्ना गरिएको जनाइएकाे छ ।
 
साथै घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बारा समेतबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिई फरार व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखि डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य भइ रहेको प्रहरी निरिक्षक थापाले जानकारी गराएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...