Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

डाँका र प्रहरी बिच गाेली हानाहान, दुई जना पक्राउ

spot_img
spot_img
कलैया । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं.२३ भलुहीमा शनिबार राति डाँकाहरु र प्रहरी गाेली हानाहान भएकाे छ । भलुहीस्थित एरोटेक प्रा.लि.मा  डकैती गर्न पुगेका डाँकाहरु र प्रहरी बिच गाेली हानाहान भएकाे हाे ।
 
शनिबार राती १२ बजेको समयमा एरोटेक प्रा.लि.मा १०/१२ जना डाँकाहरु हात-हतियार सहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेकाे थियाे ।
 
प्रहरीका अनुसार घटना स्थल पुग्दा १०/१२ जनाको समुहमा हतियारधारी डाँकाहरुले सो प्रा.लि.को स्टोर कोठामा राखिएको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाईल समेत डाँका गरी भाग्दै थिए ।
 
भाग्दै गरेकाे अवस्थामा प्रहरी टोलीले देखी निजहरुलाई नियन्त्रण लिन खोज्दा डाँकाहरुले बोकि राखेको बन्दुकबाट प्रहरी टोलीलाई लक्षित गरी १ राउण्ड गोली फायर गर्दा प्रहरी टोलीले आफ्नो प्रतिरक्षा स्वरुप आफ्नो साथमा रहेको ३०३ नट राईफलबाट ३ राउण्ड गोली फायर गरी डाँकाहरु मध्येका दुई जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ को जयराम पासवान र साेही उपमहानगरपालिकाकाे वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महताेलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले वताए ।
 
उनीहरुकाे साथबाट १ राउण्ड गोली लोड गरी सोको राउण्ड २ सहित कटुवा बन्दुक-१ र भरूवा बन्दुक १ थान बरामद समेत भएकाे प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
 
घटनास्थलमा डाँकाहरूलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरी सँगै बोकी ल्याएको फलामे रड प्रहार गर्दा प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको टाउँकोमा चोट समेत लागेकाे उनले जानकारी गराए । घाइते शाहीकाे उपचारकाे लागि वीरगंज हेल्थ केयरमा भर्ना गरिएको जनाइएकाे छ ।
 
साथै घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बारा समेतबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिई फरार व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखि डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य भइ रहेको प्रहरी निरिक्षक थापाले जानकारी गराएका छन् ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...