Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मंसिर ४ काे निर्वाचनमा कांग्रेसकाे विकल्प छैन : नविन सिंह

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साका सह चिव नविन सिंहले मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसकाे विकल्प नरहेकाे वताएका छन् । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ प्रतिनिधि सभा क्षेत्रिय समितिले आयाेजना गरेकाे भेलालाई सम्बाेधन गर्दै नेता सिंहले याे पालिकाे निर्वाचनमा कांग्रेसलाई जिताउनुकाे विकल्प नरहेकाे वताए ।

जिराभवानी गाउँपालिकाकाे वडा नं. ३ जितपुरस्थित विवाह भवनमा भएकाे भेलामा वाेल्दै सिंहले यस अघिकाे निर्वाचनमा पर्सा क्षेत्र नं. ४ बाट जितेका सांसदले आफ्नाे कार्यकालमा देखाई समेत नदिएकाे वताउँदै त्यस्ताे नेताकाे याे पालि बिदाई गर्नु पर्ने वताए । उनले सधै जनता माझ रहने नेपाली कांग्रेसका नेता रमेश रिजाललाई याे पालिकाे निर्वाचनमा जिताउनु पर्ने वताए ।

पार्टी भित्र केही असन्तुष्टि भए रहेपनि त्यसलाई निर्वाचन सम्म थाती राखेर भएपनि याे पालिकाकाे निर्वाचनमा कांग्रेस र कांग्रेसका उम्मेदवारलाई विजयी गराउनु पर्ने नेता सिंहकाे भनाई थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...