Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बिल विजक भन्दा बढी सामानहरू बोकेको ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिएकाे छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहिबार दिउसाे १ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.६ लोहारपट्टी सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको ट्रक नियन्त्रण लिइएकाे हाे ।

सूचनाकाे आधारमा मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त ट्रकमा रहेकाे लत्ताकपडा तथा खुद्रा सामानहरूकाे रू. एक करोड दुई लाख ४६ हजार ७ सय ५९ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...