Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

वीरगंजमा करेन्ट लागेर एक युवककाे मृत्यु

spot_img
spot_img

वीरगंज ।  पर्सामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरस्थित रहेको सर्वोत्तम स्टील उधोगको थप भवन बनाउने क्रममा बुधबार बिहान १०:३० बजे करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे र एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं.१ बस्ने वर्ष १७ को रबिन थारुकाे मृत्यु भएकाे छ भने बर्दिया कै राजापुर नगरपालिका वडा नं.६ बस्ने वर्ष ३० को सिताराम थारु घाईते भएका छन् ।

सर्वोत्तम स्टील उधोगको थप भवन बनाउने क्रममा तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी वालुवाको मिश्रण भाईब्रेसन मेसिनले सम्याउने क्रममा एक्कासी मेसिनको तार सर्ट भई दुबै जनालाई करेन्ट लागेकाे थियाे ।

कामदारलाई करेन्ट लागि गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक दिपक गिरी र वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई तत्कालै उपचारको लागि बयोधा हस्पिटल वीरगंज पठाएकाे थियाे ।

घाईते मध्येका रबिनकाे मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतक रबिनकाे घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चौहान जातिलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । नेपाल चौहान कल्याण समाज, पर्साले चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई ज्ञापनपत्र बुझाएको...

नेपाली भाषा र साहित्यको संरक्षणमा सरोकारवालाको जोड

वीरगंज । विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि जगाउन र यसको संरक्षण गर्न विद्यालय, परिवार र समाज सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका...

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...