Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रतिनिधि सभामा आमात्य र प्रदेश सभामा साहकाे नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस प्रदेश सभा पर्सा क्षेत्र नं. २ काे (क) क्षेत्रिय समितिले प्रत्यक्ष तर्फ प्रतिनिधी सभा र प्रदेश सभामा सर्वसहमत एक/एक जनाकाे नाम सिफारिस गरेकाे छ ।

पर्सागढी नगरपालिकाकाे वडा नम्बर १ स्थित कोइलाभार मन्दिरमा बसेको प्रदेश सभा क्षेत्रीय समितिकाे बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र २ काे क बाट प्रदेश सभा सदस्यकाे उम्मेदवारमा बर्तमान प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहकाे एकल नाम सिफारिस गरेकाे हाे ।

यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपाति तर्फ विजय कुमार कर्ण , कामेश्वर मिश्र, वीर बहादुर प्रसाद यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी थरुइन्, अर्चना चौधरी र गोकर्ण मैदालीकाे नाम सिफारिस गरेको छ ।

क्षेत्रिय सभापति बेदमन दास थारुकाे सभापतित्वमा बसेकाे बैठकमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सह सचिव राेशन लामिक्षाने, महाधिवेशन प्रतिनिधि सरजुग महताे, हरेन्द्र महताे नुनिया लगायत क्षेत्रिय समितिका पदाधिकारी, सदस्य, प्रदेश प्रतिनिधि, विभिन्न वडाका सभापति लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी प्रदेश सभा पर्सा क्षेत्र नं. २ काे (ख) क्षेत्रिय समितिले पनि प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा संविधान सभा सदस्य अमात्यकाे नाम सिफारिस गरेकाे छ । 

वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित माइस्थान अतिथी सदनमा बसेको प्रदेश सभा क्षेत्रिय समितिकाे बैठकले प्रतिनिधी सभा सदस्यमा समानुपातिक तर्फ डाक्टर सुस्मा तिवारी, कन्हैयालाल केसरी, शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

उक्त बैठकले प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुब नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, प्रियंका केसरी, रुपा श्रेष्ठ, शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरिएकाे काँग्रेस प्रदेश सभा क्षेत्र २ (ख) का प्रवक्ता सन्जय चर्तुवेदीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...