Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

प्रतिनिधि सभामा आमात्य र प्रदेश सभामा साहकाे नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस प्रदेश सभा पर्सा क्षेत्र नं. २ काे (क) क्षेत्रिय समितिले प्रत्यक्ष तर्फ प्रतिनिधी सभा र प्रदेश सभामा सर्वसहमत एक/एक जनाकाे नाम सिफारिस गरेकाे छ ।

पर्सागढी नगरपालिकाकाे वडा नम्बर १ स्थित कोइलाभार मन्दिरमा बसेको प्रदेश सभा क्षेत्रीय समितिकाे बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र २ काे क बाट प्रदेश सभा सदस्यकाे उम्मेदवारमा बर्तमान प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहकाे एकल नाम सिफारिस गरेकाे हाे ।

यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपाति तर्फ विजय कुमार कर्ण , कामेश्वर मिश्र, वीर बहादुर प्रसाद यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी थरुइन्, अर्चना चौधरी र गोकर्ण मैदालीकाे नाम सिफारिस गरेको छ ।

क्षेत्रिय सभापति बेदमन दास थारुकाे सभापतित्वमा बसेकाे बैठकमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सह सचिव राेशन लामिक्षाने, महाधिवेशन प्रतिनिधि सरजुग महताे, हरेन्द्र महताे नुनिया लगायत क्षेत्रिय समितिका पदाधिकारी, सदस्य, प्रदेश प्रतिनिधि, विभिन्न वडाका सभापति लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी प्रदेश सभा पर्सा क्षेत्र नं. २ काे (ख) क्षेत्रिय समितिले पनि प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा संविधान सभा सदस्य अमात्यकाे नाम सिफारिस गरेकाे छ । 

वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित माइस्थान अतिथी सदनमा बसेको प्रदेश सभा क्षेत्रिय समितिकाे बैठकले प्रतिनिधी सभा सदस्यमा समानुपातिक तर्फ डाक्टर सुस्मा तिवारी, कन्हैयालाल केसरी, शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

उक्त बैठकले प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुब नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, प्रियंका केसरी, रुपा श्रेष्ठ, शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरिएकाे काँग्रेस प्रदेश सभा क्षेत्र २ (ख) का प्रवक्ता सन्जय चर्तुवेदीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...