Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वप्रका विर्ताद्वारा करणी अभियाेगका चाैरसिया पक्राउ

spot_img
spot_img

वीरगंज । जबरजस्ती करणी अभियाेगमा अदालतबाट सजाय ताेकिएका फरार व्यक्ति ३ वर्ष पछि मंगलबार पक्राउ परेका छन् ।

गएकाे तीन वर्ष देखि फरार वीरगंज महानगरपालिका वडा नम्बर १६ का अनिल प्रसाद चाैरसियालाई वडा प्रहरी कार्यालय विर्ताकाे टाेलीले उनकै गाउँबाट मंगलबार पक्राउ गरेकाे हाे ।

जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरकाे इजलासले चाैरसियालाई ६ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे ।

अदालतकाे फैसला कार्यान्वयनका लागि फरार व्यक्तिलाई पक्राउ गरी मंगलबार नै अदालतमा बुझाइएकाे वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए । अदालतले कैद भुक्तानका लागि उनलाई कारागार चलान गरेकाे प्रहरी निरिक्षक मल्लले जानकारी गराए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...