Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

फिराेज मृत्यु प्रकरण : डा. आसिफ बचाउन विभिन्न प्रपंच रच्दै चिकित्स संघ

spot_img
spot_img

वीरगंज । डा. आशिफ अंसारीकाे बचाउमा चिकित्स संघ लागेकाे आराेप लाग्न थालेकाे छ । वीरगंज हेल्थ केयर अस्पतलाका डा. आशिफकाे लापरवाहीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेरगाहा निवासी ३२ वर्षीय फिरोज मियाँको मृत्यु भएकाे भन्दै मृतकाे आफन्तजन र स्थानिय आन्दाेलनरत रहेका छन् ।

भदौ १३ गते मृतकका आफन्तले गरेको विरोध प्रदर्शनमा नेपाल चिकित्सक संघले डाक्टरलाई बचाउन खोजेको भन्दै विरोध भयो । वीरगंजकाे घण्टाघरबाट नारायणी अस्पताल तथा नेपाल चिकित्सक संघको कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै यथाशिघ्र कानुनी दायरामा आउन मृतकका आफन्तले आग्रह गरे ।

त्यसपछि नेपाल चिकित्सक सङ्घ, पर्साले मङ्गलबार ज्ञापन पत्र बुझाउँदै भदौ १३ गते दिउँसो नारायणी अस्पतालमा चिकित्सकसँग दुव्र्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र कारबाई नगरिए सेवा ठप्प पार्ने चेतावनी दिएको छ । सङ्घले प्रमुख जिल्ला अधिकारीलाई बुझाएकाे ज्ञापन पत्रमा ज्यान मार्ने धम्की दिनेलाई कारवाही नगरिए सेवा ठप्प पार्ने चेतावनी दिइएकाे छ ।

जब की आन्दाेलनकाे क्रममा भएकाे प्रदर्शनमा कसैले जान मार्ने धम्की नदिएकाे आन्दाेलनरत मध्येका नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहकाे दाबी छ ।

नेता सिंह भन्छन्, “हामीले न्याय खोजेका हौँ, हामीलाई क्षतिपुर्ती चाहिन्छ र गल्ती गर्नेलाई कारवाही हुनुपर्छ । नेपाल प्रहरीकै अगाडी हामीले शान्तिपुर्ण ढंगले न्यायको माग गर्दा ज्यान मार्ने धम्की कसरी दिन सक्छौ ?”

ज्यान मार्ने धम्की दिएको भनेर सहानुभुती पाउन खोजेको र घटनालाई अन्यत्रै मोड्ने प्रोपोगाण्डा मात्रै भएको नेता सिंहको बुझाई छ । पोस्टमार्टममा संलग्न चिकित्सले पनि ३ वटा नशा काटिएकै कारण मृत्यु भएको भनेको कुरा अडियो रेकर्डसमेत रहेको उनले दावी गरे । चिकित्सकलाई कारवाही नगरे गाडीसकेको फिरोजको लाश निकालेर प्रदर्शन गर्ने आन्दाेलनरतकाे चेतावनी दिएका छन् । 

यस अघि पनि चिकित्सक संघ नारायणीले पत्रकार सम्मेलन गरेर चिकित्सकको दोष नरहेको स्पष्टिकरण दिएकाे थियाे । 

मृत्यु भएको एक साता बित्यो । पित्तथैलीको पत्थरीका कारण असहज अवस्था भएपछि साउन २६ गते वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका मियाँलाई भदौ ५ गते राति काठमाण्डौको मेडिसिटी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...