Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२१/२२ का अध्यक्ष अमित सर्राफले २०२२/२३ का अध्यक्ष अभिषेक सर्राफलाई पद हस्तान्तरण गरेका हुन् ।

शनिवार विरगंजको टाउन हलमा भएको कार्यक्रममा अमितले अभिषेकलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए । राेटेरियन सुरेश गोर्खालीले क्लबका अध्यक्ष अभिषेककाे सपथ ग्रहण गराएका थिए भने अध्यक्ष अभिषेकले क्लबका पदाधिकारी र रोटेरियन अनिल जैसवालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

पद ग्रहण गर्दै अध्यक्ष अभिषेक सर्राफले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष अमितले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद दिएका थिए । उनले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट ऑफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरिएकाे थियाे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि माओबादी केन्द्रका केन्द्रिय सदस्य रहबर अन्सारीले क्लवमा आबद्ध युवाहरुले व्यक्तित्व विकास सँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाए । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ उनले सहकार्य गरेर अगाडि बढन तयार रहेको बताए ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, बाईपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुक, वीरगंज महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश शाह अग्रवाल, डा. सरोज रोसन दास, रोट्रयाक्ट डिष्ट्रिक पब्लिक रिलेशन अफिसर रजीश कलवार, रोटरी नेपाल लिटरेसी मिसन चेयर आयुष गुप्ता, रोट्रयाक्ट क्लवका विभिन्न अध्यक्ष लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...