Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

निर्वाचन नजिकदै जाँदा पर्सामा कांग्रेस इतर पक्षकाे भेला

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सामा निर्वाचनकाे बेला गुट देखिएकाे छ । संस्थापन इतर पक्षले साेमबार पर्सा क्षेत्र नं. २ काे अगुवा कार्यकर्ता भेला गरेकाे छ । मंसिर ४ गते हुने संघ र प्रदेशकाे चुनाव बारे क्षलफल गर्न रणनिति तय गर्न भेला आयाेजना गरिएकाे वताइएकाे छ ।

भेलामा वाेल्ने अधिकांश नेताहरुले गठबन्धनकाे विराेध गरेका थिए । गठबन्धनले पार्टीलाई क्षति मात्र हुने वाेल्ने वक्ताहरुकाे भनाई थियाे । स्थानिय तह निर्वाचनमा भएकाे गठबन्धनका कारण पनि पार्टीलाई क्षति पुगेकाे नेताहरुकाे भनाई थियाे ।

भेलामा संस्थापन पक्षका नेताहरुले टिकट वितरणकाे सवालमा एकलाैटी गरे स्वतन्त्र उम्मेदवारी दिने सम्मकाे कुरा उठेकाे थियाे । जितेकाे क्षेत्र पनि गठबन्धनकाे नाममा अरु दललाई दिने सम्मकाे चलखेल हुन थालकाे कुराकाे समेत विराेध भएकाे थियाे ।

भेलामा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्य, पूर्व जिल्ला सभापति अजय द्विवेदी, संविधान सभा सदस्य रामेश्वर राैनियार, प्रदेश सभा सदस्य राजेश्वर साह, पूर्व जिल्ला सचिव श्याम पटेल, नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चाैहान लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

पर्सा क्षेत्र नं. २ मा प्रतिनिधि सभामा संस्थापन पक्षका केन्द्रिय सदस्य अजय चाैरसिया र संस्थापन इतर पक्षका संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य अकांक्षी देखिएका छन् ।

यसैगरी प्रदेश सभा क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्य राजेश्वर साह, २ काे (ख) मा पूर्व जिल्ला सचिव श्याम पटेल, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मा, क्षेत्रिय सभापति महमद सहाबुदिन र नेता रामरुप कुर्मीकाे चर्चा रहेकाे छ ।   

जिल्ला कार्य समितिले प्रतिनिधि खटायाे 

यसै बिच कांग्रेस पर्साकाे जिल्ला कार्य समितिले “जनताकाे साथमा कांग्रेस” सम्बन्धि विभिन्न कार्यक्रम गर्न/गराउन प्रतिनिधि खटाएकाे छ ।

जिल्ला कार्य समितिकाे भदाै १३ गते पार्टी कार्यालयमा बसेकाे पदाधिकारी बैठकाे निर्णय अनुसार वीरगंज महानगरपालिकामा प्रकाश कुमार उपाध्याय, पाेखरिया नगरपालिकामा रामनारायण कुर्मी, पर्सागढी नगरपालिकामा अशाेक कुमार गुप्ता, बहुदरमाई नगरपालिकामा लाेकनारायण यादवलाई खटाइएकाे कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै जनाएका छन् ।

उनका अनुसार  छिपहरमाई गाउँपालिकामा शंकर प्रसाद चाैधरी, कालिकामाई गाउँपालिकामा नविन सिंह, पकहा मैनपुर गाउँपालिकामा रमेश पाण्डे, धाेबिनी गाउँपालिकामा रामरुप कुर्मी, पटेर्वा सुगाैली गाउँपालिकामा किशाेरी साह कानु, ठाेरी गाउँपालिकामा ओउम् कृष्ण लामिक्षाने, जगरनाथपुर गाउँपालिकामा किरण सरकार, बिन्दवासिनी गाउँपालिकामा शैलेन्द्र यादव, जिराभवानी गाउँपालिकामा ममता महताे र सखुवा प्रसाैनी गाउँपालिकामा तिर्थ राज यादवलाई प्रतिनिधि खटाइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...