Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

निर्वाचन नजिकदै जाँदा पर्सामा कांग्रेस इतर पक्षकाे भेला

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सामा निर्वाचनकाे बेला गुट देखिएकाे छ । संस्थापन इतर पक्षले साेमबार पर्सा क्षेत्र नं. २ काे अगुवा कार्यकर्ता भेला गरेकाे छ । मंसिर ४ गते हुने संघ र प्रदेशकाे चुनाव बारे क्षलफल गर्न रणनिति तय गर्न भेला आयाेजना गरिएकाे वताइएकाे छ ।

भेलामा वाेल्ने अधिकांश नेताहरुले गठबन्धनकाे विराेध गरेका थिए । गठबन्धनले पार्टीलाई क्षति मात्र हुने वाेल्ने वक्ताहरुकाे भनाई थियाे । स्थानिय तह निर्वाचनमा भएकाे गठबन्धनका कारण पनि पार्टीलाई क्षति पुगेकाे नेताहरुकाे भनाई थियाे ।

भेलामा संस्थापन पक्षका नेताहरुले टिकट वितरणकाे सवालमा एकलाैटी गरे स्वतन्त्र उम्मेदवारी दिने सम्मकाे कुरा उठेकाे थियाे । जितेकाे क्षेत्र पनि गठबन्धनकाे नाममा अरु दललाई दिने सम्मकाे चलखेल हुन थालकाे कुराकाे समेत विराेध भएकाे थियाे ।

भेलामा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्य, पूर्व जिल्ला सभापति अजय द्विवेदी, संविधान सभा सदस्य रामेश्वर राैनियार, प्रदेश सभा सदस्य राजेश्वर साह, पूर्व जिल्ला सचिव श्याम पटेल, नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चाैहान लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

पर्सा क्षेत्र नं. २ मा प्रतिनिधि सभामा संस्थापन पक्षका केन्द्रिय सदस्य अजय चाैरसिया र संस्थापन इतर पक्षका संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य अकांक्षी देखिएका छन् ।

यसैगरी प्रदेश सभा क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्य राजेश्वर साह, २ काे (ख) मा पूर्व जिल्ला सचिव श्याम पटेल, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मा, क्षेत्रिय सभापति महमद सहाबुदिन र नेता रामरुप कुर्मीकाे चर्चा रहेकाे छ ।   

जिल्ला कार्य समितिले प्रतिनिधि खटायाे 

यसै बिच कांग्रेस पर्साकाे जिल्ला कार्य समितिले “जनताकाे साथमा कांग्रेस” सम्बन्धि विभिन्न कार्यक्रम गर्न/गराउन प्रतिनिधि खटाएकाे छ ।

जिल्ला कार्य समितिकाे भदाै १३ गते पार्टी कार्यालयमा बसेकाे पदाधिकारी बैठकाे निर्णय अनुसार वीरगंज महानगरपालिकामा प्रकाश कुमार उपाध्याय, पाेखरिया नगरपालिकामा रामनारायण कुर्मी, पर्सागढी नगरपालिकामा अशाेक कुमार गुप्ता, बहुदरमाई नगरपालिकामा लाेकनारायण यादवलाई खटाइएकाे कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै जनाएका छन् ।

उनका अनुसार  छिपहरमाई गाउँपालिकामा शंकर प्रसाद चाैधरी, कालिकामाई गाउँपालिकामा नविन सिंह, पकहा मैनपुर गाउँपालिकामा रमेश पाण्डे, धाेबिनी गाउँपालिकामा रामरुप कुर्मी, पटेर्वा सुगाैली गाउँपालिकामा किशाेरी साह कानु, ठाेरी गाउँपालिकामा ओउम् कृष्ण लामिक्षाने, जगरनाथपुर गाउँपालिकामा किरण सरकार, बिन्दवासिनी गाउँपालिकामा शैलेन्द्र यादव, जिराभवानी गाउँपालिकामा ममता महताे र सखुवा प्रसाैनी गाउँपालिकामा तिर्थ राज यादवलाई प्रतिनिधि खटाइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...