Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

विभिन्न माग राख्दै राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक मधेश प्रदेश समितिले विभिन्न मागहरु राख्दै राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागलाई ज्ञापन पत्र बुझाएकाे छ । काठमाडाैंस्थित सिंहदरबार मै पुगी समितिले विभागका महानिर्देशक तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

समितिले प्रदेश भरीका एम.आई.एस. अपरेटरहरुकाे २०७९ श्रावण १ गतेदेखि करार म्याद थप र सम्झौता गरि हाजिरी हुने व्यवस्था मिलाउन, स्थानीय तहले म्याद नथप्दा विभागबाट नै म्याद थप गरिदिनुहुन, मास्टर आई.डी. एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक बाहेक अरु कर्मचारीको नामबाट नबनाईदिन हुन माग गरेकाे छ ।

यसैगरी विज्ञापन तथा नियुक्तीको पूर्व स्वीकृत र सहमति विभागबाट स्थानीय तहलाई प्रदान नगरिदिन हुन, सेवा ईकाईमा कार्यरत कर्मचारीहरुको म्याद थप नगरेका र हटाएका स्थानीय तहहरुको सशर्त अनुदान तथा सामाजिक सुरक्षा भत्ता समेतको रकम रोक्का गरिदिन हुन, स्थानीय तहको सेवा ईकाईमा कार्यरत कर्मचारीहरु (एम.आई.एस. अपरेटर र फिल्ड सहायक) मध्ये कसैलाई पनि हटाईएमा सो स्थानीय तहमा पुरानो समेत मास्टर आई.डी. बन्द गरि नयाँ मास्टर आई.डी. समेत उपलब्ध नगराउन लगायतकाे माग गरिएकाे छ ।

समितिका महासचिव जितेन्द्र यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्र गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय (७७ वटै जिल्ला), अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगाल, काठमाण्डौ, जिल्ला समन्वय समिति (७७ वटै जिल्ला) लाई बाेद्धार्थ गरिएकाे छ ।

स्थानीय तह निर्वाचन २०७९ बाट छनौट भई आएका नवनिर्वाचित जनप्रतिनिधि आए देखि देशै भरिका स्थानीय तहहरुले स्थानीय तह सेवा ईकाईमा कार्यरत कर्मचारीहरुलाई मापदण्ड विपरित र विभागको पूर्व स्वीकृती र सहमति विपरित म्याद थप नगरि करार भंग गरि हटाउने कार्य हुनथालेपछि समितिले ज्ञापन पत्र बुझाएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...