Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पत्रिकाकाे बार्षिकाेत्सवमा ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । मध्य नेपाल सन्देश सप्ताहिक पत्रिकाकाे छैठाै बार्षिकाेत्सवकाे अवसरमा आइतबार वीरगंजमा ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै वन तथा वातावरण मन्त्री प्रदीप यादवले जोश र जाँगरले भरिएका युवाहरुको सही रुपमा परिचालन गर्नुपर्ने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले युवा शक्तिको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने बताए । 

पाका व्यक्तिको अनुभव र ज्ञानलाई युवा शक्तिले आत्मसाथ गर्न सकेमा मात्रै बिकास र समृद्धि हासिल गर्न सकिने मन्त्री यादवको भनाई थियाे । पाकाहरुलाई पन्छाएर पनि नहुने हुँदा युवा र पाकाको समिश्रण एवम् सहकार्यमै देश बन्ने मन्त्री यादवको जिकिर थियाे । युवाको सृजनशीलता जोशसहित पाकाको अनुभवले नै सम्मुनत समाजको निर्माण हुने आवश्यक्ता मन्त्री यादवले औल्याए । 

पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, कोपिला चौलागाई, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

वीरगंजकाे लिंक राेडस्थित कुमु प्यालेस हाेटलमा भएकाे कार्यक्रममा विभिन्न क्षेत्रमार्फत समाजमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियाे । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी अध्यक्ष सुनिता बराललाई नगद सहित सम्मान पत्रले सम्मानीत गरिएको थियाे भने नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्सका अजय चौरसियालाई पनि सम्मान गरीएको थियाे ।

यसैगरी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा .सुबोध कुमार गुप्ता, किरण आँखा अस्पतालका डाक्टर अमर क्याल, नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, होटल व्यवसायी कुबेर कार्की, सतिस वर्णवाल, कमला भण्डारी लगायतलाई पनि कदर पत्रसहित सम्मानित गरिएको थियाे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पर्साका उपाध्यक्ष युवराज खड्का, पोखरीया नगरपालिकाकी पुर्व उप मेयर सलमा खातुन, वीरगंज महानगरपालिकाकी पुर्व उप मेयर शान्ति कार्की, नेपाली काँग्रेसकी नेतृ शुष्मा तिवार, रम्भा मिश्रा लगायतको उपस्थिती रहेको थियो । 

गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा तुलसी भण्डारीले संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...