Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

प्रहरी निरिक्षक यादवकाे टाेलीद्वारा डाका मुद्दाका तामाङ पक्राउ

spot_img
spot_img

रामेछाप । इलाका प्रहरी कार्यालय धोबिडाडा, रामेछापले एक डाँका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।  इलाका प्रहरी कार्यालय धोबिडाडाका प्रहरी निरिक्षक जटाशंकर यादवकाे कमाण्डमा खटिएकाे टाेलीले डाँका मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गर्न सफल भएकाे हाे ।

 डाका मुद्दाका फरार प्रतिवादी रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं. ५ तिलपुङ डाडा बस्ने बर्ष २३ का भक्त बहादुर तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । मन्जु तामाङको जाहेरीले वादी नेपाल सरकार भएको डाका मुद्दामा तामाङलाई २०७७ चैत ३० गते जिल्ला अदालत मन्थलीले ६ बर्ष ११ महिना २० दिन कैद र ७० हजार जरिवाना गरेको थियो ।

डाका मुद्दामा कैद फैसला भइसकेका तामाङ फैसला थाहा पाइसकेपछी लुकिछिपी बस्दै आएको र उनको खोजिमा रहेकाे प्रहरी निरिक्षक यादवको कमाण्डले दुई बर्ष ४ महिनापछि पक्राउ गर्न सफल भएकाे हाे । मन्थली नगरपालिका वाड नं. १ बाट तामाङलाई पक्राउ गरि आइतबार जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय धोबिडाडाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...