Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

वडाध्यक्ष यादवकी आमाकाे निधन, नेता रिजालले दिए श्रद्धान्जली

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सुभाष यादवलाई मातृ शाेक परेकाे छ । वडाध्यक्ष यादवकी आमा शारदा देबीकाे निधन भएकाे हाे ।

साविक गाविस बिजबनियाका पूर्व अध्यक्ष स्व. शंकर प्रसाद यादवकाे श्रीमती समेत रहेकी वडाध्यक्ष  यादवकी आमाकाे शुक्रबार राती निधन भएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का  काेषाध्यक्ष विनय द्विवेदीले वताए । भारतकाे पटनास्थित एक अस्पतालमा उनकाे निधन भएकाे काेषाध्यक्ष द्विवेदीले जानकारी दिए ।

शनिबार विहान उनकाे शवलाई निजि निवास जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ विजबनियामा ल्याइएपछि अन्त्येष्टि गरिएकाे थियाे । अन्त्येष्टि गर्नु अघि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले उनकाे पार्थिव शरीरमाथि पार्टीकाे झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।

नेता रिजालसहित जगरनाथपुर गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त प्रसाद यादव, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद, क्षेत्रिय कोषाध्यक्ष बिनय भूषण दुबेदी लगायत सयाैंकाे संख्यामा स्थानियहरुकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...