Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

समावेशी शिक्षामा नागरिक समाजकाे समलग्नता बिषयक गाेष्ठी सम्पन्न

spot_img
spot_img

वीरगंज । किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत समावेशी शिक्षामा नागरिक समाजकाे समलग्नता बिषयगत सिकाई अदानप्रदान सम्बन्धि गाेष्ठी शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

दिव्या युवा क्लब पर्सा र भिएसाे नेपालकाे साझेदारीमा संचालित परियोजना अन्तर्गत भएकाे गाष्ठीलाई सम्बाेधन गर्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षा क्षेत्रमा सुधार जरुरी रहेकाे वताए । उनले गाेष्ठिमा सहभागिहरुले चाहे त्याे सम्भव रहेकाे वताए । 

गाेष्ठीमा परियाेजना संचालन रहेकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक र संचारकर्मीहरुकाे सहभागि थिए । यी सबै जनालाई लक्षित गर्दै अध्यक्ष यादवले भने “हामी हल भित्र उपस्थित सबै जनाले चाहे अवश्य नै लथालिङ रहेकाे सामुदायिक विद्यालयकाे अवस्था सुधार हुन सक्छ । बहाना गर्ने भए धेरै बहानाहरु छन् ।”

धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहानले शिक्षाकाे अवश्यकता सबै क्षेत्रमा रहेकाे वताए । उनले शिक्षा नभए सम्म विकास सम्भव नरहेकाे वताउँदै शिक्षा क्षेत्रमा ध्यान दिने वताए ।

वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे गाेष्ठीमा परियाेजना संयाेजक गणेश ठकुरीले परियाेजना अन्तर्गत भएकाे कार्यहरु तथा गाउँपालिकाहरुले अगामी दिनमा बनाउने कार्य याेजनाहरु समावेशीता शिक्षाकाे मुद्दा कसरी समावेश गर्ने लगायतकाे बिषयमा प्रस्तुती मार्फत प्रकाश परेका थिए  ।

त्यसैगरी कार्य याेजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरुकाे बिषयमा प्रशिक्षक अधिवक्ता बृजकिशाेर पटेल प्रशिक्षण दिएका थिए । 

दिव्य युवा क्लबका अध्यक्ष उमेश प्रसाद चौहानकाे अध्यक्षतामा भएकाे गाेष्ठिमा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, धाेबिनी गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी, भिएसाे नेपालका परियोजना अधिकृत नितिन नरेन लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन दिव्य युवा क्लबका आदित्य पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...