Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

समावेशी शिक्षामा नागरिक समाजकाे समलग्नता बिषयक गाेष्ठी सम्पन्न

spot_img
spot_img

वीरगंज । किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत समावेशी शिक्षामा नागरिक समाजकाे समलग्नता बिषयगत सिकाई अदानप्रदान सम्बन्धि गाेष्ठी शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

दिव्या युवा क्लब पर्सा र भिएसाे नेपालकाे साझेदारीमा संचालित परियोजना अन्तर्गत भएकाे गाष्ठीलाई सम्बाेधन गर्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षा क्षेत्रमा सुधार जरुरी रहेकाे वताए । उनले गाेष्ठिमा सहभागिहरुले चाहे त्याे सम्भव रहेकाे वताए । 

गाेष्ठीमा परियाेजना संचालन रहेकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक र संचारकर्मीहरुकाे सहभागि थिए । यी सबै जनालाई लक्षित गर्दै अध्यक्ष यादवले भने “हामी हल भित्र उपस्थित सबै जनाले चाहे अवश्य नै लथालिङ रहेकाे सामुदायिक विद्यालयकाे अवस्था सुधार हुन सक्छ । बहाना गर्ने भए धेरै बहानाहरु छन् ।”

धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहानले शिक्षाकाे अवश्यकता सबै क्षेत्रमा रहेकाे वताए । उनले शिक्षा नभए सम्म विकास सम्भव नरहेकाे वताउँदै शिक्षा क्षेत्रमा ध्यान दिने वताए ।

वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे गाेष्ठीमा परियाेजना संयाेजक गणेश ठकुरीले परियाेजना अन्तर्गत भएकाे कार्यहरु तथा गाउँपालिकाहरुले अगामी दिनमा बनाउने कार्य याेजनाहरु समावेशीता शिक्षाकाे मुद्दा कसरी समावेश गर्ने लगायतकाे बिषयमा प्रस्तुती मार्फत प्रकाश परेका थिए  ।

त्यसैगरी कार्य याेजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरुकाे बिषयमा प्रशिक्षक अधिवक्ता बृजकिशाेर पटेल प्रशिक्षण दिएका थिए । 

दिव्य युवा क्लबका अध्यक्ष उमेश प्रसाद चौहानकाे अध्यक्षतामा भएकाे गाेष्ठिमा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, धाेबिनी गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी, भिएसाे नेपालका परियोजना अधिकृत नितिन नरेन लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन दिव्य युवा क्लबका आदित्य पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...