Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

मतदाता नामावली अद्यावधिक सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img
वीरगंज । जिल्ला निर्वाचन कार्यालय पर्साकाे आयाेजनामा बुधबार मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकाे तयारी अन्तर्गत जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
 
कार्यक्रममा एक प्रस्तुती गर्दै जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रन्जिता झाले पर्सामा ९ हजार ४५४ जना मतदाता थपिएकाे वताइन । उनले ४ हजार १२१ जना महिला र ५ हजार ३३३ जना पुरुष गरी ९ हजार ४५४ जना मतदाता थपिएका वताइन ।
 
स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म भएको मतदाता नामावली संकलनका क्रममा उनीहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको प्रमुख झाले जानकारी गराइन  ।
 

उनका अनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा ५ हजार २० जना, जिल्ला निर्वाचन कार्यालय पर्सामा ३ हजार ४११ जना र ईलाका प्रशासन कार्यालय सुपौलीमा १ हजार २३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

योसँगै पर्साको कुल मतदाता संख्या ३ लाख ४९ हजार ३२३ पुगेको छ । जसमा १ लाख ५२ हजार ३९७ महिला र १६ जना अन्य छन् ।

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनकाे लागि मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) को कार्यक्रम भदाै १२ गतेदेखी सुरु गर्न लागिएकाे हाे । दाबी विरोध प्रत्येक सम्बन्धित वडाबाट गर्न सकिने जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएकाे छ ।

 वीरगंज महानगरपालिका कार्यालयकाे बैठक कक्षमा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदूमन चौहान, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,  कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ गूप्ता, धोविनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, पर्सागढी नगरपालिकाका अध्यक्ष गोकर्ण पाठक, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...