Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

उदयपुरघुर्मीमा कांग्रेसकाे वडा स्तरिय छलफल, राजेश्वर साहकाे विकल्प नरहेकाे भनाई

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उदयपुरघुर्मिमा बुधबार नेपाली कांग्रेसकाे वडा स्तरिय कार्यकर्ता भेटघाट तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले प्रदेश सभा सदस्य राजेश्वर साहले आफ्नाे कार्यकालमा गरेकाे कामकाे सराहना गर्दै पुन: उनलाई नै पार्टीले टिकट दिनु पर्ने वताएका छन् । पार्टीले पुन: साहलाई उम्मेदवार नबनाए पार्टी परित्यागदेखि अरु उम्मेदवारलाई मतदान नगर्ने सम्म उनीहरुकाे चेतावनी छ ।

गठबन्धनकाे नाममा कांग्रेसले जितेकाे प्रदेश सभाकाे क्षेत्र अन्य दललाई दिएर अरु क्षेत्र आफ्नाे भाग लिने सम्मकाे चलखेल भइरहेकाे वताउँदै त्यसलाई सफल हुन नदिने उनीहरुले वताए ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले प्रदेश सभा सदस्य साहले आफ्नाे कार्यकालमा राम्राे काम गरेर पार्टीकाे नाम समेत गरेकाे वताए । त्यही कारणले पार्टीले पुन: उनलाई नै उम्मेदवार बनाउनु पर्ने वताए । जनचहाना विपरित अरुलाई उम्मेदवार बनाइए पार्टीले ठूलाे क्षति भाेग्नु पर्ने उनीहरुले चेतावनी समेत दिए ।

पर्सा  निर्वाचन क्षेत्र नं. २ काे (क) राजेश्वर साह बाहेक अरु कसैले टिकट दिए त्यो आफूहरुले मान्य नहुने र त्यसको लागि आफूहरु जे पनि गर्न सक्ने वताए । 

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य राजेश्वर साहले कार्यकर्ताको गुनासो र आफूले यस क्षेत्रमा गरेको कामको समीक्षा गर्न आएको बताए । उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई सत प्रतिशत जीत सुनिश्चित गर्न ठाेस योजना बनाएर निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन समेत दिए ।

कार्यक्रममा कांग्रेसका वडा समितिका उप सभापति राजदेव यादव, बलिराम यादव स्थानिय नेता एवम् वडा सदस्य संदिप साह, प्रमाेद कुशवाहा, राधिका देवी, रमावती देवी लगायत क्षेत्रिय प्रतिनिधि, वडा समितिका पदाधिकारी, सदस्य एवम् क्रियाशिल सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...