Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जगरनाथपुर १ मा माओवादीकाे पार्टी प्रबेश तथा कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवेश र कमिटि गठनलाई निरन्तरता दिएको छ । सोमबार पनि जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १, पान्डेपुर, पिडारीमा पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम गरेकाे छ ।

कार्यक्रममा जसपा परित्याग गरी वडा समितिका ५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाे वताइएकाे छ । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य, विशिष्ट अतिथि केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सदस्य सलाउद्दीन अहमद लगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्यद्वय शाक्य र यादव, प्रदेश सदस्य अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, सहरुम गद्दी, गोरा थारु, शिव प्रसाद लगायतले मन्तव्य राखेका थिए ।

यसैबीच सोमबार नै शिव प्रसाद महतोको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...