Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जगरनाथपुर १ मा माओवादीकाे पार्टी प्रबेश तथा कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवेश र कमिटि गठनलाई निरन्तरता दिएको छ । सोमबार पनि जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १, पान्डेपुर, पिडारीमा पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम गरेकाे छ ।

कार्यक्रममा जसपा परित्याग गरी वडा समितिका ५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाे वताइएकाे छ । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य, विशिष्ट अतिथि केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सदस्य सलाउद्दीन अहमद लगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्यद्वय शाक्य र यादव, प्रदेश सदस्य अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, सहरुम गद्दी, गोरा थारु, शिव प्रसाद लगायतले मन्तव्य राखेका थिए ।

यसैबीच सोमबार नै शिव प्रसाद महतोको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...