Date
शनि, साउन ३०, २०८३
Sat, August 15, 2026

वीरगंजमा पुन: एक सहकारीले बचतकर्ताको करोडौं रकम लिएर फरार

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बहि पुलस्थित रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपैया लिएर फरार भएका छन् । संस्थाका अध्यक्ष वीरगंज महानगरपालिका वडा नम्बर १ सिसोबारी छपकैया निवासी मुन्ना पटेल लगायत संस्थाका पदाधिकारीहरुले आफुहरुले जम्मा गरेकाे करिब १ करोड रुपैया भन्दा बढी रकम लिएर फरार भएकाे बचतकर्ताले वताएका छन् ।

संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु पनि सम्पर्कमा छैनन्, स्थानिय बचतकर्ता अलि हुसैनले भने, ‘”संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु विगत ६ दिनदेखि सम्पर्क विहिन रहेका छन् । नत उनीहरुको फोन नै लागेको छ, सोसल मिडियामा अनलाईन रहेपनि सम्पर्क हुन सकेको छैन ।”

आफू संस्थामा जम्मा गरेको २ लाख २५ हजार रुपैया झिक्न जाँदा विगत ६ दिन सहकारी संस्थाको कार्यालयमा ताल्चा लगाईएको पाएपछि सहकारी भागेको शंका लागेको थियो । पटेलको मोबाईल नम्बर ९८०७१४५८७९ मा सम्पर्क गर्दा अहिले पनि स्वीच अफ छ । संस्थाका सयौं सदस्यहरुले गरेको नियमित बचत र फिक्स डिपोजिटको करिब १ करोड भन्दा बढी जम्मा भएको रकम लिएर सम्पर्क विहिन भएको उनले बताए ।

साेमबार बिहान अध्यक्ष पटेलको घर घेराउ गर्न जाँदा उनका पिता रघुनाथ राउत कुर्मीले आफूसंग मुन्ना सम्पर्कमा नरहेको जनाएका छन । उल्टै आक्राशित हुदै मुन्नाका पिता कुर्मीले आफूलाई सोधेर रकम जम्मा गरेको हो ? भन्ने बचतकर्ता संग प्रश्न गर्दै मेरो सम्पर्कमा मुन्ना नरहेको बताएका थिए ।

पिडित बचतकर्ताहरुले सहकारी संस्था विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन । बचतकर्ता हुसैनले भने, ‘परिवारले समेत मुन्ना बारे जानकारी नगराएपनि आफूहरु उनी सहित संस्थाका पदाधिकारी विरुद्ध उजुरी दिने तयारी गरेका छौ ।’

बचतकर्ता रकम झिक्न जाँदा निरन्तर ४/५ दिन सम्म सहकारी संस्था बन्द रहेको देखेपछि सहकारी संस्था फरार भएको शंका गरिएका थिए । खोजिनिती गर्दै जाँदा सहकारी संस्थाका अध्यक्ष पटेलसहित संस्थाका अन्य पदाधिकारी समेत सम्पर्क विहिन भएपछि सहकारी संस्थाले करोडौ लिएर फरार भएको स्थानियलाई शंका लागेको छ ।

सहकारी संस्थामा दैनिक ज्यालादारी गर्ने, ठेला रिक्सा चलाउने देखि लिएर तरकारी बेच्ने लगातयका करिब जनताले दैनिक एक सय रुपैया भन्दा बढी जम्मा गर्ने गरेका छन । तर सहकारी संस्था फरार भएपछि उनीहरु विचल्लीमा परेका छन । कसैले आफनो छोरीको विवाह गर्नलाई समेत दैनिक ज्यालादारी गरेर बचत गर्ने गरेका थिए ।

वीरगंजमा हाल आधादर्जन भन्दा बढी सहकारी संस्थाहरुले पर्सेली जनताको करोडौ रुपैया लिएर फरार भएपनि एक दुई जना बाहेकलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । अव्यवस्थित र अनियन्त्रित सहकारी संस्थालाई नियन्त्रण गर्न गठित सहकारी संस्थाका छाता संगठनले पनि यसलाई नियन्त्रण गर्ने काम गरेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...