Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

फिराेजकाे मृत्यु, उपचारमा लापरवाही गर्नेमाथी कारवाहीकाे माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंज हेल्थ केयर अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले विरोध प्रदर्शन गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका–२ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीकाे उपचारमा लापरवाही गर्ने वीरगंज हेल्थ केयर अस्पताल एवं चिकित्सकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ गरेका छन् ।

‘डा.आशिफ अन्सारीलाई पक्राउ गर, झोलाछाप डाक्टरलाई कारवाही गर’, ‘वीरगंज हेल्थकेयरका सञ्चालक डा. अबुलहैसलाई कारवाही गर, वीरगंज हेल्थकेयर हस्पिटल मुर्दावाद’, ‘डाकटर होइन हत्यारा हो, डा. आशिफलाई जेल गर’ लगायतका नारायुक्त प्लेकार्ड बोकी आफन्तले वीरगंज घण्टाघरस्थित विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन पश्चात् उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साकाे मुल गेटमा २ घण्टा धर्ना समेत दिएका थिए ।

पत्थरीबाट पीडित भई वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना भएका छिपहरमाई निवासी ३२ वर्षीय फिरोज मियाँको गत साउन २७ गते डा. आशिफ अन्सारीले शल्यक्रिया गरेका थिए । डा. मियाँले गरेको पहिलो शल्यक्रिया असफल भएपछि दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रित रक्तश्राव हुँदा विरामीको अवस्था चिन्ताजनक भएको स्थानीय नविन सिंहले जानकारी दिए ।

साधारण पत्थरीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका फिरोजलाई डा. आशिफ अन्सारीको चरम लापरवाहीले उनकाे स्वास्थ्य अवस्था झन बिग्रिएपछि थप उपचारकाे लागि काठमाडाैं लगिएकाे थियाे । काठमाडाैंस्थित मेडिसिटी हस्पिटलकाे आइसियु कक्षमा राखेकाे उनकाे उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएकाे उनले वताए ।

पत्थरीको शल्यक्रियामा खासै समस्या हुने नगरेको अवस्थामा डा. आशिफले दुई–दुई पटक शल्यक्रिया गरेको र शल्यक्रियाको क्रममा नशा नै काटिदिएकोले रक्तश्राव अनियन्त्रित भएर विरामीको अवस्था चिन्ताजनक भएपछि हेलिकप्टरबाट काठमाडाैं पठाएकाे थियाे ।

यसबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको ४ दिन वितिक्यो तर, प्रहरीद्वारा कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाइएकाे पिडित पक्षकाे गुनासाे छ । अस्पताल सञ्चालक र चिकित्सकलाई कारवाही प्रक्रिया अगाडि नबढाएसम्म आन्दोलन जारी नै राख्ने नेपाली कांग्रेस पर्साका सह सचिव समेत रहेका सिंहले वताए ।

यसै बिच नेपाल  चिकित्सक संघ नारायणी वीरगंजले अंसारीकाे शल्यक्रिया गर्ने क्रममा आवश्यक पर्ने सबै सावधानी अपनाइएकाे जनाएकाे छ ।

चिकित्सक संघका सचिव डा. नाैषाद हकले एक प्रेस विज्ञप्ती जारी गर्दै वीरगंज हेल्थ केयर अस्पतालमा कार्यरत डा. आसिफ अंसारी तथा विभिन्न चिकित्सक तथा प्राविधिक स्वास्थ्यकर्मीहरुकाे टिमलले मिति २०७९ साउन २७ गते आफ्नाे पेशागt दायित्व अन्तर्गत अन्सारीकाे शल्यक्रिया गर्ने क्रममा आवश्यक पर्ने सबै सावधानीहरु अपनाउदा अपनाउदै पिन निजकाे स्वास्थ्य अवस्था बिग्रदै गएकाे र अस्पतालकाे स्राेत साधनले नभ्याएपछि निजलाई थप उपाचारकाे लागि मेडिसिटी अस्पतालमा रेफर गरिएकाे जनाएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...