Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

भारतीय आरकेष्ट्राका ९ नर्तकीसहित १२ जना पक्राउ

spot_img
spot_img

वर्दिवास । कृष्ण अष्टमीका बेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गाैशालाले ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो । 

महाेतरीकाे गौशाला नगरपालिका वडा नं. २ निगौलबाट ४ नर्तकी तथा वडा नं. ११ लक्ष्मीनियाबाट ५ नर्तकी र उक्त समूहका ३ पुरुषलाई नियंत्रणमा लिएको गौशाला प्रहरीले जनाएको छ । उनीहरु महोत्तरी प्रशासनको आदेश विपरित नेपाल भित्रिएको प्रहरीको आरोप छ ।  

पक्राउ परेका दुवै आरकेष्ट्रा समुह भारत विहार सीतामढी जिल्लाका भएको प्रारंभिक छानवीनमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले कृष्ण अष्टमीको अवसरमा नाचगानका लागि भाडामा आएको प्रहरी सोधपुछका क्रममा बताएका छन् ।

आरकेष्ट्रा नियन्त्रण गर्न घटनास्थल पुगेको प्रहरी टोलीमाथि ढुङ्गामुढा र अवरोध गर्ने २ जना स्थानीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्लील र उत्तेजक रुपमा प्रस्तुत हुने भारतीय नर्तकीकै कारण विगतका वर्षमा विभिन्न आपराधिक घटना घटनुकासाथै स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलिसमेत चलाउनु परेको हुँदा प्रशासन कार्यालयले भदौ २ गते सार्वजनिक सूचना जारी गरी आर्केष्ट्रा निषेध गरेको थियो ।  

प्रशासनको आदेश अटेर गर्दै भाडामा ल्याइएका आरकेष्ट्रा समुहले सांस्कृतिक प्रदुषण फैलाएको भनि स्थानीयले समेत विरोध गरेका थिए । नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रको कमाण्डमा शनिवार मध्यराति घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।  

प्रहरीले सम्झाइ बुझाई नृत्य नगर्न आग्रह गरिरहेकोबेला लक्ष्मीनियामा केही उच्छृङ्खल समुहले प्रहरीमाथि आक्रमणको प्रयास र प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि राति स्थिति तनावपूर्ण बनेको थियो । समुहको ढुङ्गामुढाबाट कान्तिवजार प्रहरी कार्यालय भवनमा भौतिक क्षति पुगेको छ । घटनास्थलबाट गौशाला ११ लक्ष्मीनियाका ४६ वर्षिय कमलेश कर्ण र ३० वर्षिय सन्जयकुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको गौशाला प्रहरी निरीक्षक मिश्रले बताए । दुवैमाथि अग्रिम कारवाहीका लागि आइतवार फाईलसहित प्रशासन कार्यालयमा पेस गरिएकाे गौशाला प्रहरीले जनाएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...