Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

वीरगंजबाट लागु औषध गाँजासहितको ट्याङ्कर र चालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले तेल ट्याङ्करमा लागु औषध गाँजा बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुरबाट डब्लुबि ११ ई ९०३३ नम्बरकाे भारतिय ट्याङ्करबाट १७२ के.जी. लागु औषध गाँजा बरामद गरेकाे हाे ।

शनिबार विहा ०२:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा खटिएको टोलीलेवडा परवानीपुर सडकखण्डमा ट्याङ्करलाई रोकी जाँच गर्दा उक्त ट्याङ्करको तेल हाल्ने तेस्रो ट्याङ्की भित्र लुकाइछिपाइ राखेको अवस्थामा सानो ठुलो गरी ४६ पोका लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

भारतकाे उत्तर प्रदेश जिल्ला गाजीपुर ग्राम सिहोरी वरठी निवासी वर्ष ३९ को ट्याङ्कर चालक लाल विहारी यादवलाई समेत पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । उनलाई कानून बमोजिम नियन्त्रणमा लिई अवैध लागु औषध गाँजा र गाँजा बोक्ने प्रयोग भएको उल्लेखित नम्बरको ट्याङ्कर समेत बरामद गरी थप अनुसन्धान भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...