Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजबाट लागु औषध गाँजासहितको ट्याङ्कर र चालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले तेल ट्याङ्करमा लागु औषध गाँजा बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुरबाट डब्लुबि ११ ई ९०३३ नम्बरकाे भारतिय ट्याङ्करबाट १७२ के.जी. लागु औषध गाँजा बरामद गरेकाे हाे ।

शनिबार विहा ०२:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा खटिएको टोलीलेवडा परवानीपुर सडकखण्डमा ट्याङ्करलाई रोकी जाँच गर्दा उक्त ट्याङ्करको तेल हाल्ने तेस्रो ट्याङ्की भित्र लुकाइछिपाइ राखेको अवस्थामा सानो ठुलो गरी ४६ पोका लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

भारतकाे उत्तर प्रदेश जिल्ला गाजीपुर ग्राम सिहोरी वरठी निवासी वर्ष ३९ को ट्याङ्कर चालक लाल विहारी यादवलाई समेत पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । उनलाई कानून बमोजिम नियन्त्रणमा लिई अवैध लागु औषध गाँजा र गाँजा बोक्ने प्रयोग भएको उल्लेखित नम्बरको ट्याङ्कर समेत बरामद गरी थप अनुसन्धान भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...

‘अर्नब’ चक्रवातको प्रभाव पर्न सक्ने भन्दै पर्सामा उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय...

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६०...