Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

दलित नेटवर्कको स्थापना दिवश सप्ताह ब्यापी कार्यक्रम गरी मनाइदै

spot_img
spot_img

वीरगंज । दलित अधिकार, भूमि अधिकार र मानव अधिकारका क्षेत्रमा क्रियाशिल राष्ट्रिय दलित नेटवर्कको २२ औ स्थापना दिवस सप्ताह ब्यापी कार्यक्रमकाे जारी रहेकाे छ । २०७९ श्रावण ३२ देखि भाद्र ०६ गते सम्म दलित अधिकार सप्ताह २०७९ आयाेजना गरी दिवस मनाउन थालिएकाे हाे ।

दलित अधिकार सप्ताह अन्तर्गत श्रावण ३१ गते हयाविटयाट फर हुमनिटी नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापीतकाे बिशेष सहभागितमा बेदकोट नगरपालिका वडा नं. ५ धरमपुरमा निर्माणधीन सुरक्षित आवाशको अनुगमन भई भाद्र १ गते कैलारी गाऊँपालिका ८ बिपतपुरमा स्थानिय सरकार, सरोकारवाला र मुक्त कमैयाका बिचमा सुरक्षित आवास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको थियो ।

त्यसैगरी भाद्र २ गते कैलाली जिल्लाको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत ज्यूसंग सुरक्षित आवाश सम्बन्धी छलफल भएको थियो । भाद्र ३ गते शुक्लाफाँटा नगरपालिका ८ फुलेलीमा हलिया अधिकार मंचका अध्यक्ष धन बहादुर लुहारकाे उपस्थितीमा सुरक्षित आवाश सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

भाद्र ४ गते राष्ट्रिय दलित नेटवर्कको कार्यक्षेत्रमा कार्यरत सम्पुर्ण कर्मचारी र अभियान्ता बिचमा समन्वय सहकार्य गरियो ।

त्यसैगरी भाद्र ५ गते आगामी निर्वाचन र दलित सहभागिता सम्बन्धमा राजनितीक दलका दलित जनवर्गिय संगठन, संभावित उम्मेदार र दलित एक्टिीभीष्टका बिचमा धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि भाद्र ६ गते राष्ट्रिय दलित नेटवर्कको सहयोग, दलित बिकास मंच सिराहासंगको सहकार्य र जिल्ला हरवाचरवा अधिकार मंच सिराहाको आयोजनामा सिराहाको गोलबजारमा हरवाचरवा मुक्तिको सन्दर्भ र पुनस्र्थापनाको सवाल बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ ।

सोही दिन राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माद्वारा बिशेष प्रेश बिज्ञप्ती जारी गरिने राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम ब. सार्कीले बताए ।

राष्ट्रिय दलित नेटवर्क नेपाल मुलुकमा दलितअधिकारका लागि चलेका विभिन्न आन्दोलनहरुको एकीकृत आन्दोलन, धेरै लक्ष्यहरुको एउटै लक्ष्य, धेरै योजनाहरुको एउटै योजना, धेरै नीति तथा कार्यक्रमहरुको एउटै नीति तथा कार्यक्रम, धेरै संगठनात्मक स्वरुपहरुको एउटै संगठन, धेरै अवधारणाहरुको साझा अवधारणा र साझा भावनाकासाथ एकीकृत आन्दोलनका रुपमा स्थापीत मानव अधिकारमुखी पद्धतिमा विश्वास राख्ने दलित एक्टिीभिष्टमा आधारित राष्ट्रियस्तरको नागरिक जनसंगठन हो ।

नेपाली दलित समुदायका राजनीतिक, आर्थिक र सामाजिक/सांस्कृतिक समस्याहरुको एकीकृत रुपमा समाधान गर्न सृजनात्मक दवाव दिने उद्देश्यले वि.स. २०५७ भाद्र ६ गतेका दिन यसको स्थापना भएको थियो । स्थापनाका २२ वर्ष अर्थात आजको दिनसम्म आइपुग्दा यो संगठन देशका ७७ वटै जिल्लाहरु, ७ वटै प्रदेश र केन्द्रीयस्तरमा तथा एशियाली दलित अधिकार मन्च लगायतका एलाइन्स तथा संगठनहरुसंग आवद्धता हासिल गर्न सफल भएकाे वताइएकाे छ ।

राष्ट्रिय दलित नेटवर्क नेपालले दलित एक्टीभिष्टमा आधारित जनसंगठनको हैसियतमा स्थापनाको पहिलो चरणमा सुदूर तथा मध्यपश्चिमको जर्जर जातीय छुवाछूत र विभेदका विरुद्ध मानव अधिकारमुखी अभियान संचालन गर्दै त्यस क्षेत्रका मुद्दाहरुको राष्ट्रियकरण गर्ने साहसिक काम गरेकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...