Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बगहीमा कांग्रेसकाे वडा स्तरिय भेला सम्पन्न, राजेशवर साहलाई नै टिक दिन्न माग

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ काे (क) मा पर्ने वीरगंज महानगरपालिकाकाे वडा नं. २८ बगहीमा शनिबार नेपाली कांग्रेसकाे वडा स्तरिय भेला सम्पन्न भएकाे छ । वडा समितिका सभापति जाेगिन्द्र महताेकाे अध्यक्षतामा भएकाे भेलाले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा पुन: राजेश्वर साहलाई उम्मेदवार बनाउन पार्टीसंग माग गर्ने निर्णय गरेकाे छ ।

भेलामा सहभागिहरुले प्रदेश सभा सदस्य राजेशवर साहले आफ्नाे कार्यकालमा राम्राे काम गरेकाे निष्कर्ष निकाल्दै अगामी प्रदेश सभाकाे निर्वाचनमा पुन: उनलाई नै टिकट दिनु पर्ने वताएका छन् । गठबन्धनबाट पार्टीले चुनाव लडेपनि यस क्षेत्रकाे प्रदेश सभामा कांग्रेसकाे उम्मेदवार विजयी भएका कारण कांग्रेस कै भागमा पाउनु पर्ने उनीहरुकाे भनाई छ ।

पार्टीका केही नेताहरुले जितेकाे प्रदेश सभा जसपाकाे भागमा दिएर अक्राे प्रदेश सभा आफ्नाे भागमा लिने चलखेल गरिरहेकाे आफुहरुले सुनिरहेका कारण त्यसाे नगर्न पार्टीका नेताहरुलाई आग्रह गर्ने र त्यस पश्चात पनि त्यसाे गरेकाे खण्डमा बिद्राेह गर्ने चेतावनी समेत दिएका छन् ।

स्थानिय तह निर्वाचन २०७९ मा समेत सांसद एवम् नेता साहकाे कारण नै पार्टीका उम्मेदवार वडामा विजयी भएकाे भेलामा वाेल्ने वक्ताहरुकाे भनाई थियाे । 

भेलालाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य (सांसद) राजेश्वर साहले आफूलाई पार्टी र जनताले दिएकाे जिम्मेवारी इम्मानदारिता साथ पुरा गरेकाे वताए । स्थानिय तहकाे निर्वाचनमा आफुले पार्टीसंग घात गरेकाे आराेपकाे खण्डन गर्दै त्यसाे आफुले नगरेकाे स्पष्ट पारे । उल्टै पार्टीले आफुसंग विभेद गरेकाे उनले दु:खेसाे सुनाए ।

भेलाका प्रमुख अतिथी समेत रहेका सांसद साहले पार्टी भित्रकाे गुटबन्दी अन्त हुनु पर्नेमा जाेड दिए । उनले संघ र प्रदेशकाे निर्वाचन नजिकदै गएकाेले सबैलाई मिलाएर पार्टी एक ढिका गरी निर्वाचनकाे तयारीमा जुटन अग्रज नेताहरुलाई आग्रह समेत गरे ।

भेलामा कांग्रेसकाे वीरगंज महानगर कार्य समितिका उप सभापति एवम् २८ नम्बरका वडाध्यक्ष सर्जुग महताे, बुथ उप सभापति रामनारायण राय भर, छठु पटेल, सचिव जयकान्त तिवारी लगायत महाधिवेश प्रतिनिध, क्षेत्रिय प्रतिनिधि, पार्टीका स्थानिय नेता कार्यकर्ता एवम् क्रियाशिल सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...