Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

मकवानपुरमा पहिलो पटक देशभरका रोट्रयाक्ट क्लबकाे भेला हुँदै

spot_img
spot_img

वीरगंज । बाग्मती प्रदेशको राजधानी हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु भेला हुने भएका छन् । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचिवहरुको भेला यो वर्ष हेटौंडामा हुन लागेको हो ।

भदौ २५ गते शनिबार १ सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने क्लबले जनाएको छ । आयोजक रोट्रयाक्ट क्लब अफ हेटौंडा र सह आयोजकमा राेट्रयाक्ट क्लब अफ मकवानपुर, सिमरा बारा, वीरगंज मेट्राेपाेलिस, युनाइटेड वीरगंज, सिन्धुलीगढी, बर्दीबास, बुटवल साउथ, पाेखरा र वीरगंज रहेका छन् ।

सो अवसरमा देशभरीका १ सय ७६ वटा क्लबका अध्यक्ष, सचिव र सदस्यहरुको सहभागिता रहनेछ । रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले मकवानपुरमा पहिलो पटक देशभरको अध्यक्ष र सचिवहरुको भेला हुन लागेको बताए ।

उनले देशभरका करिब १ हजार जना भन्दा बढीको सहभागिता रहने भेलाले वर्षभरमा गरिएको कार्यको समिक्षा र भावि कार्य योजना बारेमा बृहत क्षलफल र निष्कर्स निकाल्ने जानकारी दिए । भेलामा देशभरको १ सय ७६ रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु र भारत लागएत विभिन्न बाहिरी देशहरुका प्रतिनिधिको पनि सहभागिता रहने छ ।

दिनभर चल्ने भेलामा चार घण्टासम्म तालिम सत्र संचालन हुने छ भने क्लबका अध्यक्ष र सचिवको लागि छुटै प्रशिक्षण दिइने छ । कार्यक्रमको खर्च २० लाखको हाराहारीमा हुने अनुमान गरिएको छ । हरेक वर्ष हुने बैठक गत वर्ष पोखरामा भएको थियो ।

राईकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुली, रोटरी मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्की, रोटर्याक्ट मकवानपुरका पुर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, रोयर्याक्ट हेटौंडाका संस्थापक अध्यक्ष अनुराग अधिकारी, पुर्व अध्यक्ष सरोज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...