Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वडाध्यक्ष यादवकाे समाजिक संजालबाट राजिनामा र पुन: फिर्ता

spot_img
spot_img

बीरगंज । समाजिक संजाल फेसबुकबाट राजिनामा दिएकाे घाेषणा गरेकाे वीरगंज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश प्रसाद यादवले त्यसकाे केही समय मै पुन: सामाजिक संजाल फेसबुकबाट नै राजिनामा फिर्ता लिएका छन् ।

वडाध्यक्ष यादवले आफ्नाे फेसबुकमा हस्तलिखित राजिना पाेष्ट गरेका थिए । साे राजिनामा पत्रमा आफूले  पार्टी र पद दुबैबाट राजिनामा दिएकाे जनाएका थिए । त्यसकाे केही समयपछि पुन: उनले हस्तलिखित एक पत्र पाेष्ट गर्दै आफूले राजीनामा नदिएकाे जनकारी गराए ।

उनले भुल बस समाजिक संजालमा आफुले राजिनामा दिएकाे प्रचार भइरहेकाेले जनाए ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाअध्यक्ष यादवले पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । 

राजीनामा पत्रमा उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पार्टीबाट र पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए । उनले पार्टी र महानगरपालिकाले आफुलाई असहयोग गरेको वताउँदै आक्राेशमा आएर राजिनामा दिएकाे बुझिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...