Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेशनल ट्रेडिङको भवनमा मधेस विश्वविद्यालयकाे कार्यालय

spot_img
spot_img

 वीरगंज । मधेश विश्वविद्यालयको उपकुलपति पदमा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्य नियुक्त भएका छन् । मधेश विश्वविद्यालय ऐन २०७९ को दफा १९ को उपदफा २ बमोजिम मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री राउतले प्राध्यापक डा. शाक्यलाई नियुक्ती पत्र हस्तान्तरण गर्दै आफ्नो पदअनुसारको कर्तब्य पालना गर्न पनि आग्रह गरेका छन् । लामो समयसम्म शैक्षिक क्षेत्रमा सक्रिय रहेका शाक्यले मधेश विश्वविद्यालयको गतिविधि पनि चलायमान बनाएर गरिमा बढाउने मुख्यमन्त्री राउतको बिश्वास छ । 

मधेस विश्वविद्यालयको कार्यालय वीरगंजकाे श्रीपुरमा रहेको नेशनल ट्रेडिङको भवनमा संचालन गरिने छ ।

मधेस प्रदेश सरकारले वीरगंजमा मधेस विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै संघीय सरकारसँगको सहमतिमा नेशनल ट्रेडिङको खाली भवन कार्यालय संचालन हुने भएकाे हाे ।

नेशनल ट्रेडिङको खाली भवनमा अहिले मर्मतको काम चलिरहेको छ । वर्षौँदेखि खाली रहेको भवन जीर्ण भएकाले त्यसलाई मर्मत र रंगरोगन गरेर मधेस विश्वविद्यालयको कार्यालय खडा गर्न धमाधम काम भइरहेको उपकुलपति डा.शाक्यले जानकारी दिए ।

प्रदेशको नामाकरण अघि प्रदेश सरकारले वीरगंज प्राविधिक विश्वविद्यालय स्थापना गर्ने अध्यादेश प्रमाणिकरणका लागि प्रदेश प्रमुखकोमा पठाएको थियो । तर प्रदेशको नामाकरण पछि त्यसलाई फिर्ता लिँदै उद्धेश्य र नाम परिवर्तन गरेर प्रदेशकै नाम रहने गरी मधेस विश्वविद्यालय बनाएको थियो ।

नेशनल ट्रेडिङको भवन पाँच वर्षको लागि भाडामा लिएको र त्यो अवधिमा विश्वविद्यालयको आफ्नै भौतिक संरचना खडा गर्ने गरी काम हुने शाक्य बताउँछन् ।

‘कार्यालय प्राप्त गर्नु नै अहिले ठूलो कुरा भयो, पहिलो चरणमा अहिले कार्यालय स्थापना गरेर काम अघि बढाउने हो, त्यसपछि विश्वविद्यालयको उद्धेश्य अनुसार आवश्यक जग्गा तथा भौतिक संरचना जोड्ने काम हुँदै जान्छ’ उनले भने ।

चालु आबमा १० करोड बजेट विनियोजन

विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० करोड बजेट छुट्याएको छ । यो वर्ष स्थापना वर्ष भएकाले १० करोड बजेट छुट्याइएको भए पनि आउँदा वर्षमा विश्वविद्यालयका लागि आवश्यक पर्ने बजेट छुट्याउँदै जाने नीति प्रदेश सरकारले लिएको छ । जग्गा प्राप्ति, भौतिक संरचना निर्माण लगायतमा बढी बजेट चाहिने भएकाले आउँदा वर्ष बढी बजेटको खाँचो पर्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...