Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कर्मचारीमा कसैलाई काखा, कसैलाई पाखा गर्दिन : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सबैको साथले मात्रै वीरगंजलाई व्यवस्थित बनाउन सकिने बताएका छन । हाम्रो वीरगंज कसरी राम्रो हुन्छ त्यसमा तपाईहरु सबैको साथ र सहयोग चाहियो, कसले के गर्यो, के गरेन भनेर भन्नु भन्दा सँगसँगै हिड्न उनले अनुरोध गरे ।

वीरगंज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई तनाव व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा महानगर प्रमुख सिंहले कर्मचारीहरु आफ्नो परिवार रहेको वताउँदै कसैलाई काखा कसैलाई पाखा गर्ने काम नहुने बताए ।

‘मेयर साहेवले आफ्नो मान्छेलाई काखी च्यापेको, अन्यलाई पाखा लगाएको भन्ने खालको कुरा मैले सुनिरहेको छु,’ उनले भने, ‘मेरो कार्यकालमा कसैलाई काखा, कसैलाई पाखा हुँदैन, त्यस्तो कुरामा तपाईहरु नलाग्नु म आग्रह गर्दछु ।’

कुनै कर्मचारीले आफ्नो शाखामा उत्कृष्ठ काम गर्छ भने उसलाई अन्य ठाउँमा पनि उत्कृष्ठ काम गर्नका लागि पठाइएको हो । त्यसलाई अन्यथा नलिन उनले आग्रह समेत गरे ।

मेयर सिंहले एक ठाउँलाई मात्र राम्रो गरिराख्ने भन्दा पनि सबै शाखा सबै माताहतका कार्यालय उत्कृष्ट बने महानगरको सेवा प्रवाह झनै व्यवस्थित हुने भएकाले सरुवा नियमित हो भनेर बुझ्न कर्मचारीहरुलाई आग्रह गरे ।

उनले भने ‘कर्मचारी सबै मेरो परिवारका सदस्य हुनुहुन्छ, तपाईहरुलाई कुनै समस्या परे सोझै मसँग आउनुस, हुलाकबाट रजिष्ट्रि गरेर चिठि पठाउनु पर्दैन’ ।

वीरगंज महानगरपालिकाका सद्भावना दूत अशोक कुमार बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण सेवा संस्था नेपालका संस्थापक सदस्य समेत रहेका मोटिभेसनल स्पीकर रमेश शर्मा, नविल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहले सहभागिहरुलाई तनाव व्यवस्थापन र सेवा प्रवाहमा नागरिक संवेदनशील प्रशासनको प्रवर्दनका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी संजय खेतान, वीरगंज महानगरपालिका तथा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...