Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

रोट्रयाक्ट क्लव अफ वीरगंज मेट्रोपोलिसको छैठौं पद हस्तान्तरण

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट क्लव अफ वीरगंज मेट्रोपोलिसको छैठौं पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे कार्यक्रममा सन् २०२१/०२२ का अध्यक्ष आलोक रंजन कर्णले २०२२/०२३ का अध्यक्ष रबिन श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सन् २०२२/०२३ का डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ लक्षमण खरेलले अध्यक्ष श्रेष्ठलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खरेलले अध्यक्ष श्रेष्ठलाई र अध्यक्ष श्रेष्ठले रोट्रयाक्टका बोर्ड पदाधिकारीलाई सपथ ग्रहण गराए ।

पद ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा वर्ष २०२१/०२२ का अध्यक्ष आलोक रंजन कर्णले आफ्नो कार्यकालमा भए गरेका कार्य प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम मै क्लवलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी, सदस्यलाई समेत सम्मान गरिएकाे थियाे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि डिआरआर लक्षमण खरेलले रोट्रयाक्ट क्लव अफ वीरगंज मेट्रोपोलिसले यस क्षेत्रमा हरणीय कार्यहरु गरेको बताए । उनले यस क्लवले डिस्ट्रिक्टमा छुट्टै छाप बनाएको बताउँदै आगामी दिनमा पनि सोही बमोजिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रम रबिन श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा रोटरी क्लव अफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्ट इलेक्ट अनिल जयसवाल, वीरगंज पब्लिक कलेजका काेर्डिनेटर अरविन्द श्रेष्ठ, श्रीष्ठी त्रिपाठी, आयुष गुप्ता, ओम श्रेष्ठ, जोन ३ का जेडआरआर संदिप ओझा लगायत रोट्रयाक्ट एवम् सामाजिक संघ/संस्थामा आबद्ध प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...