Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नागरिकता विधेयक फिर्ता गरेको विरोधमा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नागरिकता विधेयक फिर्ता गरेको विरोधमा वीरगंजमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपतिले चालेको कदम विरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी वीरगंज महानगरका स्थानीय नेता कार्यकर्ताहरुले वीरगंजकाे घण्टाघरमा सोमबार बेलुकी राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

प्रदर्शको क्रममा राष्ट्रपति विद्यादेबि भण्डारी मुर्दावाद, लोसपा जिन्दावादका नारा समेत लगाएका थिए । दुवै सदनबाट पास भएको नागरिकता बिधेयकलाई राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरेकी हुन् ।

लोसपाका वीरगंज महानगर अध्यक्ष ललन सिंहको नेतुत्वमा भएको विरोध कार्यक्रममा लोसपा महानगरका उपाध्यक्ष शेख फिरोज़, सचिव बिरेन्द्र साह, केन्द्रिय सदस्य शशीकपुर मियाँ, महिला नेतृ मुन्नी श्रीवास्तव, रुस्तम अलि लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...