Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

शिक्षाकाे महत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि सडक नाटक

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकाकाे ३ ठाउँमा बिहिबार बालविवाह, दाईजाेप्रथा, शिक्षाकाे महत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि जनचेतनामूलक सडक नाटक सम्पन्न भएकाे छ ।

दिव्य युवा क्लब, भिएसाे नेपाल र एचआईकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिडारीगुठी, वडा नं. ४ लक्ष्मिपुर र धाेबिनी गाउँपालिकाकाे वडा नं. १ भिखमपुर पिपरामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।

परियाेजनामा कार्यरत ठूली दिदी,  सानी बहिनीहरु र अन्य कलाकारहरुले सडक नाटक प्रदर्शन गरेकाे संयाेजक ठकुरीले वताए ।

समुदाय स्तरमा भएकाे बालविवाह, दाइजाेप्रथा, लैंगिक हिंसा, विभिन्न कुरुती र कुसंस्कारलाई न्यूनिकरण गर्दै शिक्षाकाे महत्वकाे बारेमा जनसमुदायलाई जानकारी गराउन र जनचेतना जगाउन परियाेजना मुख्य उद्देश्य रहेकाे छ ।

कार्यक्रममा परियाेजनाका कर्मचारी, बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुकाे सहजिकरण गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...