Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पालिका स्तरीय परियोजना शुभारम्भ समन्वय गोष्ठी सम्पन्न

spot_img
spot_img

कलैया । बाराको सुवर्ण गाउँपालिकामा पालिका स्तरीय परियोजना शुभारम्भ समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । इस्लामीक रिलिफ कनाडाको आर्थिक सहयोग इस्लामीक रिलिफ नेपालको समन्वय र जनजागरण युवा क्लव बाराको आयोजनामा समुदायको उत्थानशिलता सुदृढीकरण परियोजनाको शुभारम्भ सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले गरेका हुन् ।

गोष्ठीका प्रमुख अतिथि गाउपालिका अध्यक्ष यादव परियोजनालाई सुभारम्भ गर्दै पछाडि परेका जनतालाई आयआर्जन तर्फ अग्रसर गरेर पालिका भित्रका रहेका गरिब असाहयलाई सहयोग पुग्ने बताए । परियोजना आफ्नो पालिकामा पछाडी परेका दलित, मुस्लीम, अपांग र जोखिममा परेकाहरूलाई सहयोग गर्ने भएकोले सहयोग हुने विश्वास लिएको यादवले वताए ।

पालिकाबाट गरिने कार्यमा थप सहयोग गरेर परियोजनाले समुदायमा सुदृढीकरणका लागि मद्दत गर्ने कार्य प्रति आफुहरुले सहयोग गरिने अध्यक्ष यादवले जनकारी गराए । गोष्ठीमा परियोजनाका बारा कार्यक्रम संयोजक दशरथ रौनियारले परियोजना सम्बन्धमा जनकारी गराउदै खाद्यान्न सुरक्षा, संरक्षण, खानेपानी तथा सरसफाइ र जलवायु परिवर्तनको क्षेत्रमा काम गरिने जनकारी गराए ।

मुस्लिम र दलित समुदायका २ हजार चार सय घरपरिवारमा १४ हजार २ सय ४५ जनालाई सहभागी बनाई खाद्यान्न सुरक्षा, जिवीको पार्जन, खानेपानी तथा सरसफाइ र जलवायु परिवर्तन तर्फ सहयोग पुर्याउने रौनियारले जनकारी गराएका हुन । परियोजना लागू हुने क्षेत्रका गरिब असहाय दलित र मुस्लिम वर्गका जनता आयस्रोत कम भएको, टुहरा बालबालिका, जोखिम हिंसामा परेकाहरूलाई लक्षित गरि कार्यक्रमा सहभागिता गराई जीवन यापन गर्न बाटो देखाउने सहयोग गरिने रौनियार जनकारी गराए ।

आर्थिक सहयोग गर्ने संस्था आयोजक र पालिकाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन गरिने रौनियारले बताए ।

जनजागरण युवा क्लव बाराका अध्यक्ष भैयाराम यादवको सभापतित्वमा भएको गोष्ठीमा विशिष्ट अतिथि पालिकाका उपाध्यक्ष पुनम यादव, वडाअध्यक्षहरू, पालिकाका शाखा प्रमुखहरू, परियोजनाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...