Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

तेली समाजको तेस्रो केन्द्रिय महाधिवेशन असोज ५ गते

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपालको तेस्रो केन्द्रिय महाधिवेसन असोज ५ गते वीरगंजमा हुने भएको छ । तेली कल्याण समाज नेपालकाे केन्द्रिय समितिले बुधबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै अधिवेशन बारे जानकारी गराएकाे हाे  ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार समेल्लनमा बोल्दै तेली समाज नेपालका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहले तेली समाजमा हुने बिभिन्न खाले बिकृती तथा त्यसको निरुपनको लागी संगठीत भई अगाडी बढने उदेश्य बोकी समाजलाई एकिकृत गर्दै जानु पर्ने वताए ।

अध्यक्ष साहले तेली समाजले परम्परागत रुपमा चल्दै आएको पेशालाई जर्गेना गर्दै आफना धर्म तथा कर्तव्यलाई आधार बनाई अगाडी बढनु पर्नेमा जोड दिए ।

वीरगंजमा हुने २ दिने केन्द्रिय महाधिवेशनलाई सफल बनाउन नेपाल भारतका स्वजातिय समाजका अगुवाहरु सहभागी हुने जानकारी अध्यक्ष साहले गराए  । नेपालमा ४ लाखको हाराहरीमा रहेका तेली समुदायले आफनो छुट्टै पहिचान बनाउनु पर्ने कुरामा साहकाे भनाई थियाे ।

जनसंख्याको अधारमा तुलना गर्दा तेली समाज अहिले पनि अन्य जातीको तुलनामा अधिकारबाट बञ्चित रहेको उनकाे दावी थियो ।

भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीका भाई पंकज मोदी, मधेश प्रदेश सरकारका अर्थमन्त्रि शैलेन्द्र साह लगायतकाे बिषेश आतिथ्यतामा महाधिबेशन सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा समाजका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह, महासचिव ई. राजदेव साह, केन्द्रिय सदस्य जगरनाथ साह, गणेश साह, बारा जिल्ला अध्यक्ष बजगरंगी साह, छोटेलाल साह, बिरेन्द्र साह, शिवचन्द्र साह लागायतकाे उपस्थिती रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजसहित पर्सा-बाराका ६ पालिका जोड्ने सार्वजनिक यातायात सञ्चालनको तयारी

वीरगंज । वीरगंज महानगरपालिकासहित बारा र पर्साका छ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । ग्रामीण बस्तीलाई मुख्य...

केवाईसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

रौतहट । बैंक तथा डिजिटल वालेटको केवाईसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर करिब ५० लाख रुपैयाँ...

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...