Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले माेटरसाइकल चाेरी गर्ने गिराेहका ६ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले  बाराकाे पचरौता नगरपालिका वडा नं. ७ बेनौली टोल निवासी २१ बर्षिय बिशाल कुमार सहनी, २० बर्षिय भोला पटेल, २० बर्षिय बृजमोहन साह सोनार, २० बर्षिय बिजय पटेल, २४ बर्षिय हरिनारायण पटेल र २३ बर्षिय बरक सहनीलाई पक्राउ गरेकाे हाे ।  

बाराकाे विभिन्न स्थानहरूमा मोटरसाइकल चोरीका घटनाहरू बढेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले साउन १९ गते बरियारपुरबाट २ थान मोटरसाइकल चोरी गरी भाग्ने क्रममा बिशाल कुमार सहनी र भोला पटेललाई तत्कालै बरियारपुरबाटै पक्राउ गरेकाे थियाे ।

दुबै जनालाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा निजहरूको वयान पोलको आधारमा मोटरसाइकल चोरी वारदातमा संलगन थप ४ जना र थप १० थान गरी विभिन्न कम्पनीको जम्मा १२ थान चोरीको मोटरसाइकल समेत वरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...