Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले माेटरसाइकल चाेरी गर्ने गिराेहका ६ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले  बाराकाे पचरौता नगरपालिका वडा नं. ७ बेनौली टोल निवासी २१ बर्षिय बिशाल कुमार सहनी, २० बर्षिय भोला पटेल, २० बर्षिय बृजमोहन साह सोनार, २० बर्षिय बिजय पटेल, २४ बर्षिय हरिनारायण पटेल र २३ बर्षिय बरक सहनीलाई पक्राउ गरेकाे हाे ।  

बाराकाे विभिन्न स्थानहरूमा मोटरसाइकल चोरीका घटनाहरू बढेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले साउन १९ गते बरियारपुरबाट २ थान मोटरसाइकल चोरी गरी भाग्ने क्रममा बिशाल कुमार सहनी र भोला पटेललाई तत्कालै बरियारपुरबाटै पक्राउ गरेकाे थियाे ।

दुबै जनालाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा निजहरूको वयान पोलको आधारमा मोटरसाइकल चोरी वारदातमा संलगन थप ४ जना र थप १० थान गरी विभिन्न कम्पनीको जम्मा १२ थान चोरीको मोटरसाइकल समेत वरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...