Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कलैयामा निर्माण भएकाे सामुदायिक भवन उद्घाटन 

spot_img
spot_img
कलैया । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ मा निर्माण भएकाे सामुदायिक भवनको उद्घाटन गरिएको छ । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले शनिबार सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।
 
सामुदायिक भवनको उद्घाटन गर्दै नगर प्रमुख साहले सामुदायिक भवनमा केही छुट भएका निर्माण गर्नको लागि थप उपमहानगरको बजेटबाट २० लाख दिने प्रतिद्धता जनाए । 
 
पुर्व वडाध्यक्ष डा. अख्तर अंसारीले आफनो कार्यकालमा निजी लगानीमा सामुदायिक भवनको लागि ४ धुर जग्गा खरिद गरेका थिए । 
आर्थिक वर्ष ०७८\०७९ को नगरको ३० लाख र पुर्व वडाध्यक्ष अंसारीको निजी १४ लाखको लगानीमा ४ धुरमा २ तल्ले भवन निर्माण भएको हो ।
 
समाजमा रहेका गरिव असाहयहरुको घरमा हुने विवाह, व्रतबन्ध, भोजभतेरमा जमघट हुने समस्या हेरेर निजी लगानीमा जग्गा खरिद गरि सामुदायिक भवनको निर्माण गरिएको अंसारीले बताए । समाजमा निशुल्क रूपमा सो भवनको प्रयोग गर्ने उनले बताए ।
 
सामुदायिक भवन उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेकपा एमालेका नेताद्वय अच्युत मैनाली, अध्यानन्द पाण्डे, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...