Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

हिन्दू धर्म रक्षाको निम्ती विश्वको हिन्दू संगठित हुनुपर्छ : बौद्धिक प्रमुख

spot_img
spot_img

वीरगंज । हिन्दू स्वयंसेवक संघ नेपाल पर्साले गुरु पूर्णिमाको अवसरमा वीरगंजमा गुरुदक्षिणा उत्सव मनाईएको छ । संघले शनिबार वीरगंजको आदर्शनगरस्थित जैन भवनमा आयोजना गरेको उत्सवमा सहभागि स्वयंसेवकहरूले परम पवित्र भगवद्ध्वजको पूजन गरी गुरुपूर्णिमा मनाएका हुन् ।

उत्सवमा सहभागि स्वंयसेवकहरुले यस दिन गुरुको रूपमा ज्ञान, त्याग, सौर्य जस्ता तत्त्वका प्रतीक रूपमा स्थापित परम् पवित्र भगवाध्वजलाई विधिवत् पूजन गर्दै पवित्र संघकार्यको लागि आफूले सञ्चय गरेको दक्षिणा ‘गुरुदक्षिणा’का रूपमा समर्पण समेत गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघ, भारतका पूर्व उत्तर प्रदेशका बौद्धिक शिक्षण प्रमुख श्री मिथलेश नारायण जीले गुरुपूर्णिमा पर्वको महत्व, गुरुदक्षिण र भगवा ध्वजलाई गुरुका रूपमा स्थापित गरिनु पछाडिको आवश्यकता र उद्देश्यबारे स्पष्ट पार्नुभएको थियो । उहाँले आफनो धर्मको सम्मान रक्षाको निम्ती विश्वको हिन्दूहरु संगठित हुनुपर्ने बताए ।

आफनो धर्म र संस्कारले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय भाव सिकाउँछ अर्थात हिन्दू धर्मले कुनै एक धर्म समुदायको कुरा गर्दै विश्वको सम्पूर्ण धर्म र मावनताको सम्मानको कुरा गर्छ । तर केहि विधर्मीहरुले हिन्दूलाई यसको कमजोरीको रुपमा लिने गरेको छन अबको हिन्दूले आफनो धर्मको सम्मान र रक्षाको निम्ती सम्पूर्ण हिन्दूहरु एकजुट हुनै पर्ने उहाले बताउँनु भयो ।

आफनो परिवार जस्तै अरुको पनि सम्मान गर्नुपर्छ, मातृदेव भवः पितृदेव भवः गुरु देव भवः को चिन्तन घटेको छ कि छैन, हिन्दू समाजका संगठन, संस्कार र हिन्दू समाजको प्रकृती सम्पूर्ण मजबुत हुनुपर्छ र यसको लागि हिन्दू स्वयंसेवक काम गरीरहेको छ, हामी हिन्दू हिन्दू भाई भाई नै हो त्यो भाव सम्पूर्ण हिन्दूमा हुनुपर्छ उहाँले भन्नुभयो ।

आषाढ पूर्णिमालाई हिन्दू समाजमा भगवान् वेदव्यासको प्राकट्य दिवसका रूपमा मनाइन्छ । यस दिन समग्र हिन्दू समाजले आफ्ना गुरुप्रति कृतज्ञता अर्पण गर्दछ । हामी हिन्दू स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरूले वर्षभरि मनाउने ६ वटा मुख्य पर्वमध्ये गुरुपूर्णिमा पनि एका हो । हिन्दू पञ्चाङ्ग–अनुसार प्रत्येक वर्ष आषाढ पूर्णिमाका दिन गुरुपूर्णिमा पर्व मनाइन्छ ।

यतिमात्रै होइन, संघको दैनिक शाखामा यसै ध्वजलाई प्रणाम गरिन्छ, वन्दन गरिन्छ र यसै ध्वजलाई साक्षी मानेर सबै कार्यहरू गरिन्छ । शाखाकै क्रममा नित्य प्रार्थना गरिन्छ यसै ध्वजका सामु । यसै ध्वजलाई साक्षी मानेर ईश्वरीय कार्यमा लागीरहने, समाज र राष्ट्रको सेवामा कटिबद्ध रहने प्रतिज्ञा गरिन्छ ।

हिन्दू स्वयंसेवक संघ वीरगंज नगर संघचालक रामलक्षण जीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, राष्ट्रिय संघ सम्पर्क प्रमुख अशोक बैद्य, संघका जनकपुर सम्भाहक रन्जीत साह, विभाग संघ चालक ललन द्विवेदी लगायत वीरगंजका समाजसेवी तथा उद्योगि, व्यवसायी, कर्मचारी एवं स्वयंसेवकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...