Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भारतकाे आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्दार

spot_img
spot_img

बिरगंज । भारत रक्सौलको मझौलियास्थित एक आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्दार गरिएको छ । चलचित्रमा अभिनय गरएर नाम र दाम दुवै कमाउने प्रलोभन दिएर आर्केस्ट्रामा लगिएकी बालिकाको उद्धार गरिएको हो ।

बालिकालाई धेरै खोज्दा पनि नभेटिएपछि हराएको भन्दै उनका अभिभावकले नेपाल प्रहरीलाई खोजीदिन आग्रह गरेका थिए ।

नेपालदेखि भारतकाे विभिन्न ठाउँमा सोधखोज गर्दा पनि नभेटिएपछि बालिकाकी आमाले मानव बेचबिखन विरोधी एकाई (एएचटियु) क्षेत्रिय सदरमुकाम रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई दुखेसो सुनाएकी थिइन् ।

प्रहरी निरीक्षक शर्माले बालिकालाई बेतिया नजिकैको माझोलियास्थित आर्केस्टामा राखिएको जानकारी पाएपछि अनुसन्धान शुरु गरेका थिए ।

राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्ली, मिशन मुक्ति फाउण्डेशन, बाल कल्याण समिति, चाइल्ड लाइन बेतिया, बेतिया महिला थाना प्रहरी, मझौलिया प्रहरी चौकीको सहकार्यमा आर्केस्ट्रामा छापामारी गरी बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक शर्माले जनकारी दिए ।

उनका अनुसार सोही आर्केस्ट्राबाट १ जनालाइ पक्राउ समेत गरिएको छ । दिल्लीबाट महत्वपूर्ण बैठकका लागि आएका राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्लीका वरिष्ठ सल्लाहकार परेश शाह पनि सहभागी भएका थिए ।

अख्तियार क्षेत्रीय मुख्यालयका इन्स्पेक्टर मनोजकुमार शर्मा र मिशन मुक्ति फाउन्डेसनका निर्देशक वीरेन्द्रकुमार सिंहले आर्केस्ट्रामा हुने मानव बेचबिखनका घटना अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाल कल्याण समिति बेतियाका अध्यक्ष आदित्यकुमार यादव, मिशन मुक्ति फाउन्डेशनका निर्देशकक बीरेन्द्र सिंह, चाइल्ड लाइन बेट्टियाबाट विलियम अल्फ्रेड र रेखा देवी, एनजीओ अपरच्युनिटी नेपालका सत्यनारायण यादव, बेतिया महिला प्रहरी चौकीकी इन्स्पेक्टर राणा रणविजय सहितका सुरक्षाकर्मीकाे उपस्थितीमा बालिकाको उद्धार गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...