Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

युवा नेता साहद्वारा प्लस २ संचालन गर्न विद्यालयलाई सहयाेग

spot_img
spot_img

वीरगंज । जनता समाजवदी पार्टी (जसपा) नेपालका युवा नेता शिव कुमार साहले पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ मा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय महुवनलाई सहयाेग गरेका छन् ।

विद्यालयमा कक्षा ११ र १२ संचालनका लागि बिहिबार एक कार्यक्रमका बिच विद्यालयलाई रु २५ हजार ५ सय सहयाेग गरेकाे नेता साहले वताए । सहयाेग रकम बराबरकाे चेक विद्यालयका प्रधानाध्यापक भरत गिरिलाई हस्तान्तरण गरेकाे नेता साहले जानकारी गराए ।

श्री देबिमाई आधारभूत बिद्यालय लखनपुरमा भएको कक्षा ११ भर्ना तथा अन्तरक्रियामा कक्षा ११ र १२ संचालनार्थ साहले विद्यालयलाई सहयाेग गरेका हुन् । साे अवसरमा उनले आफू समाजिक सेवा एवं शिक्षा बिकासका निमित विभिन्न कामहरु सधै गरिरहने वताए ।

कोरोना कालमा राहत वितरण, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा आर्थिक सहयोग गरेको र भबिस्यमा पनि गरिरहने उनकाे भनाई थियाे ।

कार्यक्रममा साेही विद्यालयलाई सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडाध्यक्ष मुन्ना राउत कमकरले वडाको बजेटबाट रु १ लाख ११ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएकाे प्रधानाध्यापक गिरिले बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडाध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन अस्पतालका इन्चार्ज सरोज गिरि, नेपाल रेडक्रस सोसाइटी उप-शाखा महुवनका सभापति जदु साह तेलि, प्रधानाध्यापक भरत गिरि, शिक्षक दिनेश साह, चन्दन साह तेली लगायत अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...