Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सुबोध स्मृति पुरस्कार पत्रकार देवकोटालाई दिने निर्णय

spot_img
spot_img

वीरगंज । प्रतीक दैनिकले सुबोध स्मृति पुरस्कार वीरगंजका पत्रकार गोविन्द देवकोटालाई दिने निर्णय गरेकाे छ ।

पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा चौध वर्षदेखि फोटो विधामा पत्रकारलाई पुरस्कार दिंदै आएकोमा यस वर्षदेखि फोटोबाहेकका विधाका पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको र देवकोटालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतीक प्रकाशन समूहले जनाएको छ ।

समूहका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो । आगामी भदौ १ गते प्रतीक दैनिकको ३६ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिनेछ ।

यस वर्षदेखि यो पुरस्कारको राशि बढाएर ५१ हजार रुपैयाँ गरिएको छ । रु १० हजारबाट शुरू गरिएको पुरस्कार गत वर्ष ३५ हजार थियो भने यसपटकदेखि ५१ हजार गरिएको हो ।

यसैगरी, समूहको बैठकले वार्षिकोत्सवमा स्तम्भकार विश्वराज अधिकारी, संवाददाता राधेश्याम पटेल, समूहका कर्मचारी मोहन दास तत्वालाई पनि वार्षिकोत्सवको अवसरमा पुरस्कृत गर्ने निर्णय गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...