Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

फेटाकाे बौद्धिमाई मन्दिरमा तोडफोड गर्ने माथी कारवाहीकाे माग

spot_img
spot_img

परवानीपुर । नेपाल विश्व हिन्दु महासंघ बाराले फेटा गाउँपालिका वडा नं. ३ स्थित प्रसिद्ध धार्मिक स्थल बौधिमाई मन्दिरमा तोडफोड गर्ने माथी कारवाहीकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय र गाउँपालिकामा ज्ञापन पत्र बुझाएकाे छ ।

महास‌ंघले बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र फेटा गाउँपालिका प्रमुख रूस्तम अन्सारीलाई ज्ञापनपत्र बुझाएकाे हाे । संघका कार्यबाहक अध्यक्ष सुरेन्द्र शर्माको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र मार्फत अपराधीलाई पक्राउगरी छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याई कानुन अनुसारको कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेकाे छ ।

साथै टोलीले घटनाप्रति ठूलो ध्यानाकर्षण भएको जनाउँदै अपराधी उम्किन पाए आफूहरु संघर्षका कार्यक्रमबाट अगाडि बढ्ने जनाएकाे छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कटुवालले प्रशासन यस घटनाप्रति निकै गम्भीर रहेको र अपराधीलाई कुनैपनि हालतमा कानुनको कठघरामा ल्याई कानुन अनुसारको दण्ड, सजाय दिलाएर नै छाडने प्रतिबद्धता जनाए ।

उनले प्रहरीले यस घटनाको छानबिन तिब्र गतिमा अगाडि बढाएको र अपराधी छिटै कानुनको कठघरामा आउने दाबी गरे । साथै उनले अरु कुनै साम्प्रदायिक घटना हुन नदिन प्रशासन हरेक विषय वस्तुलाई निगरानीमा राखेको बताए ।

यसैगरी ज्ञापनपत्र बुझ्दै फेटा गाउँपालिकाका प्रमुख रुस्तम अन्सारीले यस गाउँपालिकामा जनता आफूलाई दुई तिहाई बहुमतले जिताएर पठाएको हुनाले मेरा लागि जनता नै सर्वपरी भएको हुनाले आफू यो घटनाको दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरायी कानुन अनुसारको सजाय दिलाएर छाडने प्रतिबद्धता जनाए ।

उनले आफू यो घटनाले निकै दुःखित भएको र यस घटनाले यस समाजमा निकै ठूलो दुर्घटना निम्त्याउन सक्ने हुनाले यस्ता क्रियाकलाप हुन नदिन आफू लागिपरेको बताए । उनले अपराधी जो सुकै भए पनि या कुनै पनि जात, जातिको भए पनि त्यसलाई तुरुन्त पक्राउ गरी बढी भन्दा बढी सजाय दिलाएर नै छाडने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अन्सारीले यो घटनाले समाजमा आपसी सम्बन्ध बिगार्ने काम गरेको, हिन्दू, मुस्लिम बिचको भाइचारालाई विगाड्ने काम गरेकोले आफू अझ कुनै यस्ता मानवीय घटना हुन नदिन दिनरात लागिपरेको बताए । उनले समाजका सबै ब्यक्तिहरुलाई संयमिता अपनाउन आग्रह गरे । 

ज्ञापनपत्र बुझाउन आएका नेपाल विश्व हिन्दु महासंघका पदाधिकारीहरुले मन्दिरको अवलोकन समेत गरेका थिए । अहिले मन्दिरमा तोडफोड गरिएको संरचनालाई मेयर अन्सारीको निर्देशनमा मर्मत गर्ने कार्य भइरहेको र मन्दिरको रेखदेख गर्न, त्यसको व्यवस्थापन गर्नका लागि दुईओटा पककी भवनको निर्माण कार्य भइरहेको समेत प्रमुख अन्सारीले जानकारी दिए ।

मर्मत कार्य देखेर नेपाल विश्व हिन्दु महासंघका टोली खुशी भई मेयर अन्सारीलाई धन्यवाद दिएका थिए ।

सो क्रममा विश्व हिन्दु महासंघका कार्यबाहक अध्यक्ष सुरेन्द्र शर्मा, केंद्रीय महासचिव अभिषेक तिवारी, पर्सा कार्यबाहक अध्यक्ष सन्दिप साह, राजकिशोर दास, डा. अनिल झा, गाउँपालिकाका जनप्रतिनीधि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...