Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

गाउँपालिकाले म्याद थप नगर्ने सखुवा प्रसाैनीका करार कर्मचारीहरु आन्दाेलित

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाका करार कर्मचारीहरु आन्दाेलित भएका छन् । गाउँपालिकाले म्याद थप नगर्ने करार कर्मचारीहरु “पिडित करार कर्मचारी संघर्ष समिति” गठन गरेर आन्दाेलनमा उत्रेका छन् ।

उनीहरु बिद्यिको शासनको पालना गर्दै करार सम्झौता नविकरण गर्न र हाम्रो पदमा नयाँ गरिएको विज्ञापन रद्द गर्न माग गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छन् ।

पिडित करार कर्मचारी संघर्ष समितिले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन सर्राफ र नेपाली कांग्रेसका नेता सुरेन्द्र चाैधरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यस अघि बुधबार नै आफुहरुले गाउँपालिका अध्यक्ष जसवन्त यादवलाई पनि ज्ञापन पत्र बुझाएकाे संघर्ष समितिका संयाेजक अभ्यास राउत कम्करले वताए । 

उनले भने “गाउँपालिकाको २०७९।०३।३१ गते शुक्रबार साझ फेसबुक पेजमा प्रकाशित सुचना अनुसार सेवा करारका कर्मचारीहरुले कार्य सम्पादन मुल्याँकन फाराम भरी २०७९।०४।०१ गते भित्र बुझाउन हतारमा र कानून बिपरित कर्मचारीहरुलाई समय नै नदिइ सूचना गरिए पनि हामी बुझायौ । सो पछि हामीलाई काममा खटाइए पनि करार नविकरण पछि १ गते नै देखी हाजिरी गर्ने भन्दै हामी मध्ये अधिकान्सलाई हाजिरी गर्न दिइएन ।”

उनले २०७९।०४।०६ गते ८० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीहरुको मात्र म्याद थप गर्ने सूचना गरी नियतबस आफुलाई मनपर्ने, नातावाद, भोटदिएका कर्मचारीहरुको मात्र कार्य सम्पादन मुल्याँकनमा (८० प्रतिशत) भन्दा बढी अङ्क दिईएको र हामीले भोट नदिएको शंका गरी र हामीबाट आर्थिक फाइदा हुने नदेखे पछि (८० प्रतिशत) भन्दा कम अङ्क दिई म्याद थप नगर्ने पुर्वाग्रही र अन्यायपूर्ण कार्य भएको वताए ।

शनिबार सम्म संघर्ष समितिले उठाएको माँग पुरा नभए आईतबार देखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत संघर्ष समितिका संयोजक कम्करले दिए । 

कार्य सम्पादन मुल्याँकनको बहानामा राजनैतिक प्रतिशोध र आफ्ना मान्छे मात्र राखी भ्रष्टाचार गर्ने नियतबस अख्तियारको दुरुपयोग गरी हामी माथि अन्याय भइरहेकाे संघर्ष समितिका सचिव उपेन्द्र पासवानले वताए ।

गाउँपालिकाले गरेकाे कार्य सम्पादन मूल्यांकनमा २४ जना करार कर्मचारीहरुकाे ८० प्रतिशत भन्दा कम नम्बर दिएकाे छ । जसकाे नियम अनुसार म्याद थप हुँदैन ।

यता गाउँपालिकाले नयाँ करारका कर्मचारी भर्नाकाे लागि विभिन्न पद विज्ञापन समेत गरेकाे छ । गाउँपालिकाले कार्यालय सहयोगीमा २ जना, बी वर्गको सवारी चालक ४ जना, जि वर्गको सवारी चालक १ जना, आई टु वर्गको सवारी चालक १ जना, जे वान वर्गको सवारी चालक १ जना, पाँचौ तहको हेल्थ असिस्टेन्ट ३ जना, चौथो तहको ल्याब असिस्टेन्ट २ जना, चौथो तहकै अहेब ४ जना, चौथो तहको अनमी ६ जना, पाँचौ तहका मनोसामाजिक परामर्शकर्ता १ जना र चौथो तहको ना.प्र.स. २ जनाकाे लागि विज्ञापन आह्वान गरेकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...