Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसाैनीमा कार्य सम्पादन मूल्यांकन निष्पक्ष नभएकाे गुनासाे

spot_img
spot_img

वीरगंज । सखुवा प्रसौनी गाउँपालिकाले कार्य सम्पादन मुल्यांकन निष्पक्ष नगरेकाे करारका कर्मचारीहरुले गुनासाे गरेका छन् । गाउँपालिका कार्यालयले आफ्नो आधिकारिक फेसबुक आईडीमा साउन १७ गते सार्वजनिक गरेकाे कार्य सम्पादन मूल्यांकन नतिजा निष्पक्ष नरहेकाे उनीहरुकाे गुनासाे छ ।

कार्य सम्पादन मूल्यांकनमा ८० प्रतिशत भन्दा कम नम्बर आएका कर्मचारीहरु मंगलबार भेला भई गाउँपालिकाले बदनियत बस कम नम्बर दिइ आफुहरुलाई हटाउन खोजिएकाे निस्कर्ष निकालेका छन् । उनीहरुले आफुहरु माथि भएको अन्याय र गलत निर्णय बदर गराउन चरणबद्ध आन्दोलन गर्ने पनि निर्णय गरेका छन् ।

कर्मचारीहरुको भेलाले बारुणयन्त्र सहयोगी अभ्यास राउत कम्कर संयोजक र कार्यालय सहयोगी उपेन्द्र पासवान सचिव रहने गरी २१ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन ।

बैठकले सुरुमा साउन १८ गते बुधबार गाउँ कार्यपालिकाकाे कार्यालयमा ज्ञापन पत्र बुझाउने पनि निर्णय गरेकाे नवगठित संघर्ष समितिका सचिव उपेन्द्र पासवानले वताए । 

त्यसपछि जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समितिकाे कार्यालय, मुख्य राजनैतिक दलहरु, मधेस प्रदेस सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निश्पक्ष जाचबुझ गरी न्याय दिलाउन ज्ञापन पत्र बुझाउने योजना रहेको उनले वताए ।

गाउँपालिकाले गरेकाे कार्य सम्पादन मूल्यांकनमा २४ जनालाई ८० प्रतिशत भन्दा कम नम्बर दिएकाे छ । जसकाे नियम अनुसार करार अवधिकाे म्याद थप नहुने भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...