Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

सखुवा प्रसाैनीमा कार्य सम्पादन मूल्यांकन निष्पक्ष नभएकाे गुनासाे

spot_img
spot_img

वीरगंज । सखुवा प्रसौनी गाउँपालिकाले कार्य सम्पादन मुल्यांकन निष्पक्ष नगरेकाे करारका कर्मचारीहरुले गुनासाे गरेका छन् । गाउँपालिका कार्यालयले आफ्नो आधिकारिक फेसबुक आईडीमा साउन १७ गते सार्वजनिक गरेकाे कार्य सम्पादन मूल्यांकन नतिजा निष्पक्ष नरहेकाे उनीहरुकाे गुनासाे छ ।

कार्य सम्पादन मूल्यांकनमा ८० प्रतिशत भन्दा कम नम्बर आएका कर्मचारीहरु मंगलबार भेला भई गाउँपालिकाले बदनियत बस कम नम्बर दिइ आफुहरुलाई हटाउन खोजिएकाे निस्कर्ष निकालेका छन् । उनीहरुले आफुहरु माथि भएको अन्याय र गलत निर्णय बदर गराउन चरणबद्ध आन्दोलन गर्ने पनि निर्णय गरेका छन् ।

कर्मचारीहरुको भेलाले बारुणयन्त्र सहयोगी अभ्यास राउत कम्कर संयोजक र कार्यालय सहयोगी उपेन्द्र पासवान सचिव रहने गरी २१ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन ।

बैठकले सुरुमा साउन १८ गते बुधबार गाउँ कार्यपालिकाकाे कार्यालयमा ज्ञापन पत्र बुझाउने पनि निर्णय गरेकाे नवगठित संघर्ष समितिका सचिव उपेन्द्र पासवानले वताए । 

त्यसपछि जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समितिकाे कार्यालय, मुख्य राजनैतिक दलहरु, मधेस प्रदेस सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निश्पक्ष जाचबुझ गरी न्याय दिलाउन ज्ञापन पत्र बुझाउने योजना रहेको उनले वताए ।

गाउँपालिकाले गरेकाे कार्य सम्पादन मूल्यांकनमा २४ जनालाई ८० प्रतिशत भन्दा कम नम्बर दिएकाे छ । जसकाे नियम अनुसार करार अवधिकाे म्याद थप नहुने भएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...