Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

मतदाता नमावली संकलनकाे समय अवधी थप्न माग

spot_img
spot_img

वीरगंज । पर्साका दलित सम्बद्ध संघसंगठनले मतदाता नामावलीमा यसअघि नाम छुटेकाहरुकाको नाम समावेश गर्नका लागि समय अवधी थप्न आग्रह गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको सहकार्यमा दलित सरोकार मंच नेपालले मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गरेर मतदाता नामावली संकलनको मसय अवधी थप्न आग्रह गरेको हो ।

वीरगंजस्थित राष्ट्रिय दलित पत्रकार संघ पर्साको सभाहलमा भएकाे पत्रकार सम्मेलनमा संघका सल्लाहकार एंव दलित अगुवा बृजलाल पासवानले विभन्न कारणले यसअघि मतदाता नामावलीमा नाम समावेश हुन छुटेका दलित समुदायका मानिसहरुको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताए । उनले चेतनाको अभावमा दलित समुदायका कतिपय मानिसको मतदाता नामावलीमा नाम समावेश हुन छुटेकाले निर्वाचन कार्यालयले वडा स्तर वा पालिका स्तरमा नै फोटो सहित मतदाता नामावली संकलन गर्नुपर्ने माग गरे ।

यसका साथै नागरीकता विधेयक पारीत भएपछि आगामी दिनमा नागरीकता पाउने नागरीको पनि मतदाता नामावलीमा नाम समावेश हुन आवश्यक रहेको उनले बताए । उनले आगामी मंसिरमा हुने भनिएको निर्वाचनलाई लक्षित गरेर भएपनि आगामी दिनमा नागरिकता पाउने नागरीकहरुलाई पनि मत हाल्नबाट बञ्चित गर्न नहुनेमा जोड दिँदै सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउन पत्रकार सम्म्लेनको आयोजना गरीएको बताए ।

पत्रकार सम्मेलनमा सहभागी दलित समुदायका अगुवाहरुले यसअघि जिल्लास्थित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत मतदाता नामावली संकलन गरिएपनि एक जना मात्र कर्मचारीको भरमा फारम भर्ने, रुजुु गर्ने र कम्प्युटरमा फोटो खिच्ने काम गर्ने कार्य भएको कारण एक हप्ता सम्म पनि सर्वसाधरण जनताले पालो नपाएको तथा मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको गुनासो गरे ।

निर्वाचन कार्यालयमा वडाध्यक्ष,पालिका प्रमुख लगायतका जनप्रतीनीधीहरुले कर्मचारीसँगको मिलोमतोमा आफ्ना मान्छेहरुको नाम दर्ता गराउने काममा बढी केन्द्रित भएकोले दैनिक ज्याला मजदुरी गरेर खाने खासगरी दलित, सिमान्तकृत र विपन्न परिवारका नागरीकको मतदाता नमावलीमा नाम छुटेको आरोप पनि उनीहरुले लगाए ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष संजिव मिश्रा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रमेश सुवेदी, पर्सा अध्यक्ष मनोज पटेल, संघकी सदस्य एंव वीरगंज महानगरपालिका वडा नम्बर ३ की वडा सदस्य संगिता दास लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...