Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बाराको फेटामा बौद्धिमाई मन्दिरमा तोडफोड

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालिका वडा नं. ३ फेटास्थित बौद्धिमाई मन्दीरमा आइतबार राति तोडफोड भएको छ । हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको ऐतिहासिक धार्मिक स्थल श्री बौद्धिमाई मन्दीर परिसरमा असमाजिक तत्वहरुले तोडफोड गरी समाजमा अशान्ति मचाउँने प्रयास गरेका छन । मन्दीर परिसरमा रहेको कल (धारा)को मुडा फुटाईएको छ । रगतको समेत ठाउँ ठाउँमा छिटा परेको छ ।

असमाजिक तत्वहरुले मन्दीरको मुख्य प्रवेशद्वार मै रहेको बाघको मुर्तीमा तोडफोड गरेका छन । उनीहरुले मन्दीर प्राङगणलाई ईट्टाले प्रहार गरी भूईमा ओच्छ्याएको मार्बल, टालीमा समेत क्षती पुर्याएका छन । घटनाको दृष्य हेर्दा बौद्धिमाई माताको मुर्ती समेत तोडने प्रयास गरेको स्थानियले बताउँछन । माताको मुख्यमन्दीरको गेटमा ढुङगामुडा प्रयास भएको छ तर गेट बन्द रहेका कारण त्यसमा क्षति हुन सकेको छैन । यो दुस्हासस कस्ले र किन गरेको हो भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन । स्थानियले दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाहीको माँग समेत गरेका छन ।

समाजिक दंगा फैलाउँने उदेश्यले यो घटना घटाएको हुन सक्ने स्थानियले आशंका समेत गरेका छन । गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष नरेश पटेलले घटनामा संलग्न दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाही गर्नुुपर्ने माँग समेत गरे । उनले, समाजमा अशान्ति मचाउँन र सम्प्रदायिक दंगा फैलाउँने उदेश्यले मन्दीरमा तोडफोड गरेको हुन सक्ने भएकोले प्रहरीले निश्पक्ष रुपमा छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने माँग समेत गरेका छन् ।

यता बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजेश थापले घटनालाई गम्भिरता पूर्वक लिई अनुसन्धान गर्ने काम भईरहेको बताए । घटनामा संलग्न रहेको आशंकामा एकजना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने काम गरीरहेको बताए । उनले भने, रातीको घटना हो, मन्दीर बाहिर केहि क्षति पु¥याएको छ ।

घटना स्थलमा रगत समेत खसेको देखिएकोले तालिम प्राप्त कुकुरलाई परिचालन गरी अनुसन्धान गर्ने काम गरेका छौ, प्रहरी नायब उपरिक्षक थापाले, मन्दीरमा तोडफोड गर्नेलाई कुनैपनि हालतमा छोडने काम हुदैन, प्रचलित कानुन बमोजिक कारवाही हुने छ । समाजमा अशान्ति सचाउँनेलाई कानुनी दायरामा ल्याएर नै छाड्ने बारा प्रहरी प्रतिबद्ध समेत रहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...