Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

रोट्रयाक्ट क्लब अफ सिमराको दोस्रो पद हस्तान्तरण

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट क्लब अफ सिमरा बाराको दोस्रो पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिमराको श्रेष्ठ रेसिडेन्सी होटलमा भएको कार्यक्रममा सन् २०२१/२२ का अध्यक्ष अनिमेश श्रेष्ठले २०२२/२३ का अध्यक्ष सुनील साहलाई पद हस्तान्तरण गरेका थिए । श्रेष्ठले साहलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रोटरी वर्ष २०२१/२२ का रोट्रयाक्ट क्लव अफ सिमरा बाराका पूर्व अध्यक्ष अनिमेश श्रेष्ठले साहलाई र अध्यक्ष साहले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष साहले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष अनिमेश श्रेष्ठले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । उनले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट ऑफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।

सो अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी जीतपुरसीमरा उप महानगरपालिकाका प्रमुख राज प्रसाद पौडेलले क्लवमा आबद्ध युवाहरुले व्यक्तित्व विकास सँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाए । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ उनले नगरपालिका सहकार्य गरेर अगाडि बढन तयार रहेको बताए ।

विशिष्ठ अतिथि जीतपुरसीमरा उप-महानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले रोट्रयाक्ट क्लव अफ सिमरा बारालाई नजिक रहेको बताउँदै यस क्लवले प्रशंसनीय कार्य गरेको बताए । उनले यस वर्षपनि आवश्यक सहकार्यका लागि आफु सदैव तयार रहेको प्रतिबद्धता जनाए ।

जोन ३ का जेडआरआर संदीप राज ओझाले जोन ३ अन्तर्गत रहेको रोट्रयाक्ट सिमरा बारा रोट्रयाक्टमा छुट्टै पहिचान बनाएको बताए । उनले आगामी दिनमा समेत योजनाहरुलाई कार्यान्वय गर्दै क्लवको उचाईलाई माथि पुर्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा जेसीआई सिमराका अध्यक्ष पुरुषोत्तम अधिकारी, रोट्रयाक्ट क्लव अफ सिमरा बाराका सल्लाहकार सुदीप लामा, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का पब्लिक ईमेज चेयर दिपु कुमार वर्णवाल, डिष्ट्रिक पब्लिक रिलेशन अफिसर रजीश कलवार, रोटरी नेपाल लिटरेसी मिसन चेयर आयुष गुप्ता र रोट्रयाक्ट क्लवका विभिन्न अध्यक्ष लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...