Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जन्मदिनमा “जन्मदिनको लागि रूखहरू” कार्यक्रम

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले पुर्व अध्यक्ष सलोनी रौनियारको जन्मदिनको अवसरमा “जन्मदिनको लागि रूखहरू” नामक कार्यक्रम गरेको छ।

सामाजिक र ब्यक्तीत्व बिकाश कार्यमा क्रियासिल रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले पृथ्वीलाई हावा शुद्ध गर्न र वायुमण्डलबाट कार्बन अवशोषित गर्न, माटोलाई स्थिर बनाउन, पानीको संरक्षण गर्ने उदेश्यले कार्यक्रम गरिएको जनाएकाे छ ।

रोट्रयाक्ट क्लबले पछिल्लो समय नया संस्कारको बिकाश गर्दै आएको छ र जन्मदिनको अवसरमा रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका युवाहरूले आफुले सकेसम्म सामाजसेवा जस्ता क्रियाकलापहरु गर्न र गराउन जोड दिदै आएकाे क्लबका अध्यक्ष रबिन श्रेष्ठले जानकारी दिए ।

रोट्रयाक्ट कल्वका पुर्व अध्यक्ष सलोनी रौनियारको समन्वयमा भएकाे कायक्रममा पुर्व अध्यक्ष प्रकाश कर्णले बृक्षारोपण गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । उनले कार्यक्रमकाे उद्घाटन गर्दै युवाहरुमा जन्मदिनको उत्सवको नौलो बिकाश भएको वताए ।

कार्यक्रमको सहजिकरण क्लबका प्रशासनीक निर्देशक रोट्रयाक्ट रिचा सर्राफले गरेका थिए ।

कार्यक्रममा क्लबका निखिल गप्ता, अन्जली गर्ग, रेसु अग्रवाल, स्वेता साह, बिना प्रजापति, आलोक ठाकुर र निकीता उपाध्याय लगायतको सहभागिता रहेको क्लव का स-सचिव रामबिनय यादबले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...