Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

फेटामा बोक्सी कु–प्रथा बिरुद्धको राष्ट्रिय अभियान

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालीकामा राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना र ईलाका प्रहरी कार्यालय प्रसौनीको सहकार्यमा बोक्सी कु–प्रथा बिरुद्धको राष्ट्रिय अभियान समबन्धी सचेतना कार्यक्रम बिहिबार समपन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी फेटा गाउँपालीकाका अध्यक्ष रुस्तम अंसारीले बोक्सी भन्ने शब्द समाजको लागी निकै हानिकारक भएको बताए । उनले कार्यक्रमको आयोजना गर्ने संस्थालाई धन्यबाद समेत दिए ।

उनले भुत, प्रेत संसारमा कही पनि नभएको र हाम्रौ समाजका केही ब्यक्तिले कसैसंग रिसीबी साध्न यस्तो आरोप लगाई पुरै समाजलाई बरबाद गर्ने कार्य गरेको बताए । प्रमुख अंसारीले २१ औ शताब्दीमा पनि बोक्सी जस्तो घटना हुनु, झारफुकमा बिस्वास गर्नु जस्ता कार्य समाजको लागी निकै दुखद भएको बताए ।

प्रमुस अंसारीले यस्ता घटनालाई आफनो पालीकामा घटन नदिन हरेक किसिमको उपाए अपनाउन आफु तयार रहेको प्रतिबद्धता जनाउदै सहभागीहरुलाई आर्यक्रममा सिकेका कुरालाई आ–आफनो टोलमा प्रसार, प्रचार गर्न आग्रह गरे ।

कार्यकममा राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका कोवीडशरण उपाध्याले मन्तब्य राख्दै खासगरी यस्ता घटनाहरु तराई मधेशमा धेरै घटने गरेकोले हामीले यो अभियानलाई मधेश प्रदेशका हरेक जिल्ला र स्थानीय तहमा जोडदार तरिकाले उठाउदै आएको र यस कार्यमा प्रदेश देखी स्थानीय सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले यो बिषयलाई हामीले देश ब्यापी रुपमा उठाउदै आएको र आउने दिनमा यस्ता घटनाहरु समाजमा घटन नदिन सबै निकायलाई सहयोग गरिदिन अनुरोध गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक नरेन्द्र बोगटीले बोक्सी समबन्धी बर्तमान अवस्था, अपराध, सजाय र यसका कानुनको बारेमा बृस्तृत जानकारी राखेका थिए । उनले यस्ता घटनाले समाजमा बीकृती फैलाउने हुनाले यस्ता कार्यहरु नगर्न आम समुदायलाई आग्रह गर्दै यस्ता अपराध गरेको भेटिए तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरे ।

प्रमुख बोगटीले यस्ता घटनालाई नियन्त्रण गर्न प्रहरी कडा रुपमा एकसन लिने र यदी कसैले यस्ता अपराध गरेको भेटिएकोमा अपराधीलाई कानुन अनुसारको दण्ड, सजाय गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गाउँपालीकाका उप प्रमुख निलम साह, प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर मिश्रा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई बोक्सी समबन्धी डोकुमेन्ट्रीद्वारा प्रशिक्षण गराइएको थियो भने पालीकाका ७ वटै वडाका वडा अध्यक्ष, पालीका सदस्य लगायत स्थानीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...