Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

एटीएम मेसिन फोडेर पैसा चोरी गर्न खोज्ने दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चोरीगर्न लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरकाे टाेलीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का अजय चौधरी र कलैया उपमहानगरपालिकाका राजकपुर चौधरी रहेका छन् । पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एटिएम मेशिनमा सामान्य क्षति भएकोे छ । वीरगञ्जमा एटिएम मेशिन फोड्ने घटना पहिलो भएको प्रहरीले जनाएको छ । यस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।

माछापुच्छ्रे बैंकको एटिएम सोही बैंकको भवनमा रहेको तथा त्यहाँ रातभरि निजी सुरक्षागार्ड तैनाथ रहन्छन् । केही दिन अघि काठमाण्डौमा पनि एटीएम मेसिन फोडेर पैसा चोरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...