Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

वीरगंजकाे एलएस न्युरो हस्पिटल आफनै भवनमा संचालन

वीरगंज । एलएस न्युरो एन्ड जेनरल हस्पिटल वीरगंजले आफ्नो सम्पुर्ण सेवाहरु अब आफनै नयाँ भवनमा सुरु गरेकाे छ । बाराको परवानीपुर गाउँपालिका वाडा नम्बर ५ स्थित वीरगंजदेखि कलैया जाने बाटाेमा नवनिर्मित आधुनिक भवनमा सेवाहरु सुचारु गरेकाे हाे ।  

- Advertisement -

नयाँ भवनमा सेवा सुचारु गर्नु अघि शनिबार हस्पिटलमा कार्यरत डाक्टर र कर्मचारीहरुलाई भेला गराई आ-आफनो जिम्मेवारी ईमान्दारिता पुर्वक निर्वाह गर्न हस्पिटलका अध्यक्ष वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद पटेलले निर्देशन दिएका थिए ।

भेलामा हस्पिटलमा कार्यरत डाक्टर तथा कर्मचारीहरुकाे जिम्मेवारीको बारेमा जानकारी गराइएकाे थियाे ।

अस्पिटलले ठूलाे लगानीकाे नवनिर्मित आधुनिक भवनमा आफ्नाे सेवाहरु सुचारु गरेपनि सेवा शुल्क पुरानै राखेकाे छ । हस्पिटलले ओपिडी टिकेट रु ५ सय कायम राखेकाे छ भने ईमर्जेन्सी टिकट रु ३२५ रुपैया राखेको छ । जुन अहिले वीरगंजकाे अन्य अस्पतालकाे तुलनामा न्युन शुल्क भएकाे हस्पिटलले जनाएकाे छ ।

हस्पिटलका संचालक एवम् वरिष्ठ न्युरो सर्जन डाक्टर पटेलले काठमाडौस्थित उपेन्द्र देवकोटा मेमोरियल होस्पिटलमा बिगत ८ बर्ष सम्म काम गरेका डाक्टर हुन् । डाक्टर उपेन्द्र देवकोटाका बिश्वास पात्र मानिएका डा. पटेलले उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गरेका थिए ।

काठमाडौपछि वीरगंजकाे नेशनल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जनको रुपमा डा. पटेल ८ महिना जति काम गरे । त्यसपछि वीरगंजको पानी टंकीमास्थित सर्बोतम अस्पताल लिजमा लि आफै एलएस न्युरो एन्ड जेनरल हस्पिटल संचालन गर्दै आएका थिए ।

वीरगंजकाे प्रतिमा चोकदेखि बाराको कलैया जाने सडकखण्डमा पर्ने ऋषभ आयल नीर आफनै नवनिर्मित भवनमा आइतबारदेखि संचालमा आएकाे हस्पिटलमा गाईने वाड, एनआईसियु वाड,अर्थोपेडिक वाड लगाएत सम्पुर्ण सेवाहरु सुरु भएकाे जनाइएकाे छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० बुँदे ‘सहिदनगर घोषणा’ जारी गर्दै पैरालिगल तालिम

धनुषा । राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजना तथा सहिदनगर नगरपालिकासँगको समन्वयमा हरवाचरवा समुदायका १५ जना एक्टिभिस्टहरूका लागि दुई दिने पैरालिगल तालिम सम्पन्न भएको छ...

ड्राइपोर्ट–परवानीपुर सडकमा अव्यवस्थित कोइला डिपो: धुलो प्रदूषणले स्थानीय जनजीवन प्रभावित

वीरगंज । वीरगंजको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कोइला डिपोका कारण स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन् । ड्राइपोर्ट चोकदेखि परवानीपुर प्रहरी चौकीसम्म...

“१०० रुपैयाँभन्दा माथि सामानमा भन्सार: कडाइले सीमा क्षेत्रको दैनिकी कष्टकर”

वीरगंज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सीमा क्षेत्रमा लागू गरिएको “१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने” व्यवस्थाप्रति कडा असन्तुष्टि जनाएका छन् ।...