Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गैर सरकारी संस्था महासंघ पर्सा शाखाकाे भवन निर्माण हुने

spot_img
spot_img

वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्सा शाखाकाे भवन निर्माण हुने भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० लालपर्सामा महासंघ पर्सा शाखाकाे भवन निमार्ण हुने भएकाे हाे ।

भवन निर्माणकाे लागि आइतबार महासंघ पर्साका अध्यक्ष छठु साह, गैरसरकारी संस्था महासंघ नेपाल मधेश प्रदेश समिति सदस्य नरेश जयसवाल र वीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्साका वडाध्यक्ष मनोज यादवले जग्गा अवलाेकन तथा निरिक्षण गरेका छन् ।

अवलाेकन तथा निरिक्षणकाे क्रममा महासंघ पर्सा शाखाकाे भवन निर्माणकाे लागि चाहिने जति जग्गा उपलब्ध गराउने वडाध्यक्ष यादवले प्रतिबद्धता जनाएकाेले भवन निमार्ण हुने पक्का भएको महासंघ पर्साका अध्यक्ष साहले जानकारी दिए ।

उनले भने “भवन निर्माणकाे लागी हामी बर्षाेदेखी जग्गाकाे खोजतलासमा थियाैं, जग्गा उपलब्ध हुन नसक्दा भवन निर्माणकाे लागि गैरसरकारी संस्था महासंघकाे केन्द्रिय कार्यालयले सहयोग गर्ने रकम अलपत्र पर्दै आएको थियो । अब जग्गा पाउने भएपछि, भवन निमार्ण हुने पक्का भएकाे छ ।”

भवन निर्माणकाे लागि जग्गा पाउने भएपछि आजै केन्द्रिय कार्यालय र मधेश प्रदेशकी सहईन्चार्ज रहेकी स्वेता सरितलाई जानकारी गराईएको अध्यक्ष साहले बताए । उनले पर्सा शाखाकाे भवनमा भवन निर्माणकाे साथै अब केन्द्र र प्रदेश कमिटी समक्ष मधेश प्रदेशका भवन पनि वीरगंज ३० लालपर्सा मै निमार्ण गराउन पहल थालिने वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...