Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

स्व. वि.पी.काे स्मृति दिवसकाे अवसरमा जगरनाथपुरमा वृक्षाराेपण

spot_img
spot_img

वीरगंज । नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक स्व. वि.पी. कोइरालाकाे ४० औं स्मृति दिवसकाे अवसरमा शनिबार जगरनाथपुर गाउँपालिकामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे उद्घाटन वृक्षाराेपण गरेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गरेका थिए ।

नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिकाका सभापति बिहारी महतो नुनियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन चाैहान, क्षेत्र नं. ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, कांग्रेस पर्साका काेषाध्यक्ष प्रेम थापा, युवा नेता राकेश यादव, नेतृ किरण सरकार, पर्सा क्षेत्र नं. ४ का कोषाध्यक्ष बिनय द्विवेदी, प्रदेश सभा क्षेत्रिय सचिव इमरान मियाँ लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...